विद्यार्थीवर्गलाई खाता,कलम तथा अध्ययन उपयोगी सामाग्रीहरू वितरण

सजन शर्मा, सुकेपोखरी, ६ जून


मानव उत्थान सेवा समिति मिरिक तहसिल अन्तर्गत नागरी फार्म शाखाले मिसन एजुकेशन अन्तर्गत एभनग्रोभ निम्न प्रान्तको दुइवटा प्राथमिक पाठशाला क्रमैले जयभारत प्राथमिक पाठशाला पूलबजार अनि शिवग्राम प्राथमिक पाठशाला ताम्कुलेका विद्यार्थीवर्गलाई खाता,कलम तथा अध्ययनमा उपयोगी सामाग्रीहरू वितरण गरे ।

मिरिक तहसिल प्रभारी देविका बाईजी,युवासंयोजक दीपङ्कर राई,जिल्ला समितिका ललित निरौला,बालसभा प्रशिक्षिका रजनी सिन्चुरी,सोनु छेत्री,शाखा सचिव सुवास सुन्दास तथा अन्यले दुवै पाठशालाका प्रधानाध्यपक आरएन शर्मा अनि सुरेन्द्र गुप्तको उपस्थितिमा उल्लिखित सामाग्री वितरण गरेका हुन्। विशेष बाल विद्यार्थीको प्राथमिक शिक्षामा उत्तरोतर प्रगिको कामनामा मिसन एडुकेशन अभियान आयोजना गरिएको सुवास सुन्दासले जानकारी दिएका छन् ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares