फेरि २३ विरूद्ध घुमफिर गर्न नपाउने निर्देश

म्याजिस्ट्रेटद्वारा जारी गरिएको यस सूचीमा पनि भनिएको छ-यी आरोपीहरुलाई जोरबङ्लो थानाले विभिन्न मुद्दामा 107 र 109 धाराअन्तर्गत पक्राउ गरेको थियो। यसैले मतदानको समय कुनै पनि अप्रिय घट्ना हुन नदिन, शान्ति श्रृङ्खला बनाइराख्नको लागिनै यस्तो आदेश जारी गरिएको हो।


दार्जीलिङ खबरदाता, 13 मई।

जोरबङ्लो थानामा केस हुने यस क्षेत्रका 23 जना आरोपीहरु पनि भोलि हुने नगरपालिका चुनाउको समय मतदान केन्द्र छेउछाउमा घुम्न पाउने छैनन्। दार्जीलिङका एक्जीक्यूटिव म्याजिस्ट्रेटले फेरि अर्को आदेश जारी गर्दै जोरबङ्लो थानाले विगतमा सीआरपीसीको धारा 107 लागेका आरेापीहरु भोलि बिहान 7 बजीदेखि साँझ 5 बजीसम्म मतदान केन्द्र वरिपरि घुम्न-डुल्न नपाउने सूचना दिएका छन्। जसमध्ये एकजना रितेश खवास विरूद्ध धारा 109 लागू भएको कारण उनलाई पनि मतदानको समय मतदान केन्द्र वरिपरि घुम्न नपाउने आदेश दिइएको छ। स्मरण गराइन्छ, गत 11 मईको दिन मात्रै म्याजिस्ट्रेटले एक सूचना जारी गर्दै दार्जीलिङ क्षेत्रका लगभग 100 जना मानिसहरुलाई 14 मई चुनाउको अवधि मतदान केन्द्रको छेउछाउमा घुमिरहन नपाउने आदेश दिएका थिए। जसमा कतिपय यस नगरपालिका चुनाउका मतदाताहरु पनि छन्। यसका साथै म्याजिस्ट्रेटले मतदानको अवधि यी आरोपीहरुलाई शान्ति बनाइराख्ने अनि असल व्यवहार देखाउने पनि निर्देश दिइएको छ। जसमा गोर्खा जनमुक्ति युवा मोर्चाका पूर्व महासचिव एवं बदमताम चियाबगान निवासी प्रियवर्द्धन राई, अमृत योञ्जन, तिलक छेत्री, रिवा लामा, रिगेन लामा, धर्मेन्द्र पोद्दारलगायत अन्य कैयौं सामेल थिए भने आज मात्रै जारी गरिएको आदेशमा चन्दन योल्मो, मञ्जुला सुब्बाका साथै अन्यको नाम सामेल छ। म्याजिस्ट्रेटद्वारा जारी गरिएको यस सूचीमा पनि भनिएको छ-यी आरोपीहरुलाई जोरबङ्लो थानाले विभिन्न मुद्दामा 107 र 109 धाराअन्तर्गत पक्राउ गरेको थियो। यसैले मतदानको समय कुनै पनि अप्रिय घट्ना हुन नदिन, शान्ति श्रृङ्खला बनाइराख्नको लागिनै यस्तो आदेश जारी गरिएको हो। यद्यपि, दार्जीलिङकी जिल्लापालले अघिबाटै यी आरोपीहरुले आ-आफ्नो मताधिकारको प्रयोग भने गर्न पाउने बताइसकेकी छन्। तर मतदान गरेपछि उनीहरु मतदान केन्द्र नजिकतिर घुमफिर गरिरहन पाउने छैनन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन