सञ्चबीरकाे बिसञ्चाे अपिल

प्रतिक्रिया

पुरण छेत्री


हिज ७ जुनकाे हिमालय दर्पण मार्फत जीटीए बीओएका कालेबुङ प्रभारीले बनबासीहरूलाई पट्टा पर्चा नफर्काइदिने अनुराेध गरेकाे पढ्न पाइयाे। साे बिषयमा मैले जानेकाे र बुझेकाे कुराहरू प्रभारी साहबलाई बताइदिनु पर्ने जरूरी सम्झें र साे घृष्टता गर्दैछु।

सञ्चबीर सुब्बा मलाई निक्कै मन पर्ने व्यक्ति । गाेजमुमाेमा निक्कै खटेका तर टिकट नपाएर अन्यायमा परेका हामी कालेबुङबासीलाई सर्वविदित छ। उनकाे निक्कै राम्राे जनसमर्थन रहेकैले तत्कालिन सभासद कल्याण देवानलाई आच्छु – अाच्छु पारेका, समग्रमा भन्ने हाे भने कल्याण देवाणलाई पानी पिलाएकै हुन्। जीटीएकाे बीओएमा सञ्चबीरकाे नाम अाउँदा कालेबुङले निक्कै भराेसा गरेकाे थियाे। सञ्चबीर जस्ताा व्यक्तित्वबाट कालेबुङका माटाे प्रेमीहरूले निक्कै ठुलो अपेक्षा राखेका थिए। यसमा सञ्चबीर कति सफल र कति बिफल भए, एकचाेटी अाफैमा घाेत्लिने अाग्रह गर्दछु।

राजनीतिमा बिनय तामाङ चलाक छन्, अनित अलिक छट्टु र सञ्चबीर साह्रै साेझाे, याे कालेबुङकाे बुझाई हाे। नत्र बनबासीकाे मुद्दामा श्रेय लिने काम बिनयले गर्न खाेजेकै हुन्। पर्चा – पट्टा बाँड्दा सञ्चबीरकाे नाम कहीँँ कतै अाएन। अहिले अाग्रह गर्ने काममा मात्र सञ्चबीर देखिँदैछ। बिना सर-सल्लाह ‘अनापत्ति पत्र’ दिएर बिनयले अाफ्नै खुट्टामा बञ्चराे हानेका हुन्।

प्रजातान्त्रिक प्रक्रियाकाे कुरा गर्दै निकै गफ लगाए पनि सञ्चबीरसँग साे पत्र दिने – नदिने सल्लाह भएकाे कुरा कतै सुनिएकाे र पढिएकाे छैन। बिनय तामाङले बिगारेकाे कुरामा सञ्चबीरलाई सपार्न लगाउँदा कालेबुङकाे मन दुखेकाे छ। ‘तिमीले बिगारेकाे कुरा, तिमीनै अाग्रह गर’ भन्न नसक्नु सुब्बाको अर्काे कमजाेरी।

बिनय-अनित भएकाे भए अहिले सम्म एचएफभीओका पदाधिकारीहरूलाई विभिन्न झुटाे मुद्दामा फसाएर जेल हाली सकेका हुने थिए, तर सञ्चबीरकाे प्रजातान्त्रिक सिद्धान्तको अघि सायद याे हन पाएकाे छैन। सुब्बा भाइले प्रजातान्त्रिक मूल्य र मान्यताकाे पैरवी गरेता पनि दार्जीलिङ र खरसाङमा पानी पर्दा कालेबुङमा छाता अाेडेकाे जनतालाई पचेकाे छैन। भाइलाई अझ पनि एउटा माेहराकाे रूपमा प्रयाेग गरिँदैछ र कालेबुङलाई दुखेकाे कुरा यही हाे। अरू त भाइ अाफै बुझकि हुनुहुन्छ, धेर भनिरहनै नपर्ला।

बनबासीकाे हक र अधिकारकाे कुरा भाइले बुझेकाे भन्दा बेग्लै समस्या हाे। उनीहरूलाई ‘शरणार्थीलाई’ दिइने पट्टा-पर्चा दिने अावश्यकता छैन। उनीहरू भूमिपुत्र हुन्। भूमिपुत्रलाई जबर्जस्ती ‘शरणार्थीको’ अधिकार दिइए यसले भाेली राजनैतिक धरातलमा गलत सन्देश जानेछ। हामीमाझ भूमिहिनहरू धेरै हाेलान् खाेजेर जमिन दिने महत कार्यमा हाम्राे भन्नू केही छैन, तर भूमिपु्त्रहरूलाई शरणार्थी बनाउने षडयन्त्रकाे हामी सँधै ढटेर बिराेध गर्नेछाैं।

भाइकाे अपिलबाट थाहा लाग्याे, भाइलाई बनबासीहरूकाे इतिहास थाहा छैन। संसारमा जन्ममै सबैकुरा सिकेर अाउँने काेही हुँदैनन्। बनबासीहरूलाई बाेलाउनुहाेस्, बस्नुहाेस्, छलफल गर्नुहाेस्, कुरा बुझेर अपिल गर्नुहाेस्। गरिबकाे पेटसँग कहिल्यै राजनीति नगर्नुहोस् । गरिब जनता जब भाेक प्यासले अाँधी बन्छ तब काे सञ्चबीर, काे अनित बिनय को चिन्ने छैनन्। याे समस्या चाँडै संविधान र देशकाे संसदले दिएकाे अधिकार अनुरूप सुल्झाउनुहाेस्। बल प्रयाेग गरेर सुल्झाउने काेशिष गरे, याे अस्थायी हुनेछ बरू जीवनमा सञ्चबीर भन्ने नामलाई जनताले थुक्नेछन्। हामी चाहान्छाैं, सञ्चबीर अाफ्नाे स्वाभिमानी खुट्टामा उभेर याे समस्यालाई सम्बाेधन गरून्। जनताकाे हक र हितकाे निम्ति सरकारसँग गरिबकाे पक्षमा लड्नुहाेस्, अाशिर्वाद मिल्छ।

कुर्सी भनेकाे अाउँछ जान्छ। संसारमा अाेबामाकाे नाम जतिले जानेका – सुनेका छन्, अाेसामा बिन लादेनलाई पनि त्यत्तकै चिन्दछन्। तर श्रद्धा र घृणाकाे ठूलाे अन्तराल त्यहाँ छ। अब सञ्चबीरअाफैले साेच्न पर्छ, बिनय-अनितकाे बैशाखी टेकेर बनबासीकाे अधिकार दबाउने हाे कि अाफ्नै सिद्धान्तको घाेडा चढेर बिचराहरूलाई न्याय दिलाउने हुन्। त्याे खाडल जनताले हेरिरहेका छन् टुलु टुलु।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया