सिक्किमे युवा पर्वातारोहीहरूले कहिले सगरमाथा चढ्न पाउने: एसएमए

गान्तोक, 09 जून ।


सिक्किमे पर्वातारोहीहरूले सगरमाथा आरोहणको सपना कहिले पूरा गर्नु पाउने भन्दै 2013 मै सगरमा​था आरोहणको निम्ति गरिएको पहल अहिलेसम्म पूरा नभएकोमा सिक्किम माउन्टेनेरिङ एसोसिएशन एसएमए ले खेद प्रकट गरेको छ। 8,848 मिटरको विश्वको सबैभन्दा उच्च हिम शिखर सगरमा​था चढ्न भनी मुख्यमन्त्री पवन चामलिंगले स्वीकृति दिएपछि 2015 मा अभियान थालिएको, तर इण्डियन हिमालयन सेन्टर फर एडभेन्चर एण्ड इको टुरिजम, चेम्चेलाई 1 करोड 40 लाख प्रदान गरिएको तर उक्त संस्थानका अधिकारी विवादमा परे​पछि अहिेले उक्त रकमको हर हिसाब के भयो त्यसबारे राज्यको सतर्कता विभागले आॅंखा चिम्लिेर बस्नु नहुने एसएमएका अध्यक्ष कुन्जाङ ग्याछो र कार्यकारी सदस्यहरूले प्रश्न उठाएका छन्।

एसएमएले जारी गरेको प्रेस बयानमा सिक्किम जस्तै अन्य पूर्वोत्तरका राज्यहरू असम, ​मिजोराम र अरूणाचल प्रदेशका युवा पर्वातारोहीहरूले 2013—2018 मा एकपल्ट भन्दा धेरै सगरमाथा आरोहण गरिसकेको, तर सिक्किमे पर्वातारोहीहरूको सपना भने अहिलेसम्म पूरा हुन नसकेकोमा खेद व्यक्त गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, पॉंच वर्ष बितिसक्दा पनि सरकारद्वारा छुट्याइएको धनराशि कहॉं गयो अनि के भयो यस बारे सतर्कता विभाग मौन रहनु आश्चर्यको विषय रहेको बताएको छ। अर्कोतिर, मुख्यमन्त्रीले निर्देश गरेर शुरू गरिएको यो पहललाई विभाग र सम्बन्धित निकायले लापरवाहीपूर्वक काम गरेको भए पनि अहिलेसम्म पर्यटन विभाग किन मौन छ भन्ने प्रश्न उठाएको छ। यसैगरि उक्त धनराशिको दुरूपयोग भएको छ या छैन यसबारे जानकारी पाउने सिक्किमका युवा पर्वातारोहीहरूको अधिकार रहेको बताउॅंदै यस मामिलामा राज्य सरकारले हस्तक्षेप गर्छै चॉंडोभन्दा चॉंडो जॉंच गर्नुपर्ने माग गरेको छ।

विज्ञप्प्तिमा 1.4 करोड रूपियॉं केवल मौजमस्तीको निम्ति प्रयोग गरिएको हुन सक्छ, तर त्यो धनराशिसित सिक्किमे पर्वातारोहीहरूको सपना लुकेको हुनाले यस बारे सरकारले न्याय गर्नुपर्ने माग राखिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया