भाइचुङले दिए पवन चामलिङलाई जवाब : ‘हाम्रो बारेमा धेरै चिन्ता नगर्नु, 32 जानै मुख्यमन्त्री र अध्यक्ष हुने क्षमता छ’

 

गान्तोक, 9 जून।


हाम्रो सिक्किम पार्टीले गान्तोकको देउरालीमा आफ्नो पार्टीको मुख्यालय उद्घाटन गऱ्यो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै हाम्रो सिक्किम पार्टीका उपाध्यक्ष भाइचुङ भोटियाले आफ्नो पार्टी विरूद्ध लागेको विभिन्न आरोपहरूको एकमुष्ठ जवाब दिँदै भने, हाम्रो अध्यक्ष र मुख्यमन्त्रीको उम्मेद्वारबारे धेरै चिन्ता नगर्दा हुन्छ।

हाम्रो पार्टीमा 32 जानै मुख्यमन्त्री र अध्यक्ष हुने क्षमता भएका नेताहरू छन्। उनले सत्तारूढ एसडीएफ पार्टीको नाम नलिइ भने अरू पार्टीमा जस्तो एकजना मात्र राजा हुने पार्टी होइन हाम्रो सिक्किम पार्टीका सबैजना नेता र मुख्यमन्त्री हुने योग्यता भएका युवाहरू रहेको दाबी गरे। उनले सत्तारूढ दल एसडीएफमा एकल नेतृत्व राजशाही जस्तो चलिरहेको अप्रत्यक्ष आरोप लगाउँदै व्यक्ति होइन तर व्यवस्था परिवर्तनको निम्ति आएको दाबी गरे।

अर्कोतिर हाम्रो सिक्किम पार्टीका अर्का उपाध्यक्ष आरबी सुब्बाले आफ्नो सम्बोधनमा पार्टी अध्यक्षको विषयमा पटकपट उठिरहेको प्रश्नबारे स्पष्टिकरण दिँदै आफूहरूले एसडीएफ पार्टीलाई अध्यक्षको विषयमा खुलासा नगरेर होमवर्क दिएको दाबी गरे। उनले हाम्रो सिक्किम पार्टी भोटे-लाप्चे-नेपाली सबैको समान नेतृत्व हुने पार्टी रहेको दाबी गर्दै आगामी दिनहरूमा सबै खुलासा गर्दै लाने बताए।

पार्टी मुख्यालय उद्घाटनमा विभिन्न विपक्षी दलका नेताहरूले पनि बधाई र शुभकामना दिन उपस्थिति दिएका थिए। जसमा एसएनपीपीका अध्यक्ष विराज अधिकारी, सिक्किम संग्राम परिषदका कार्यवाहक अध्यक्ष राजेन्द्र उप्रेती, महिला अध्यक्ष छुमसाङ सेङ्गा र अन्यको पनि उपस्थिति रहेको थियो। यसका साथै सिक्किमका चारै जिल्लाबाट हाम्रो सिक्किम पार्टीका समर्थकहरूको उपस्थिति थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन