सुरज लिम्बु अब लेफ्टिनेन्ट

दार्जीलिङ ,9 जून।

बस्तीको छोरा बने भारतीय सेनाको लेफ्टिनेन्ट। बिजनबारी खण्ड विकासक्षेत्रअन्तर्गत लामागाउँ बस्ती निवासी 26 वर्षीय सुरज लिम्बु भारतीय सेनाको लेफ्टिनेन्ट बन्न सक्षम बनेका छन्। दार्जीलिङ सरकारी महाविद्यालय पहिलो वर्षमा अध्ययन गर्दा-गर्दै 2011 सालमा नै उनी 19 इनफेन्ट्री जेक राइफलमा भर्ना भएका थिए। सेनाको औपचारिक तालिमहरू सबै सिद्धाइसकेर लगभग 1 वर्षसम्म सेनामा कार्यरत् छदाँछदै उनले इण्डियन मिलिटेरी एकाडेमीको परीक्षा उत्तीर्ण गरेका थिए। यसपछि लगातार चारवर्षसम्म कठोर तालिम ग्रहण गरेपछि आज सुरज लिम्बुले लेफ्टिनेन्ट पदको निम्ति आधिकारीक शपथ ग्रहण गरे। देहरादून मिलिटेरी क्याम्पमा उनले आज शपथ ग्रहण गरेका हुन्।

सुरजका दाजु योगेश लिम्बुले बताएअनुसार, साधारण गाउँले परिवारमा जन्मिएका सुरज लिम्बुले लामागाउँ प्राथमिक पाठशालाबाट बुनियादी शिक्षा लिएर क्रमैले कैजलें जुनियर हाइ स्कूल, अगमसिहँ गिरी मेमोरियल हाइ स्कूल, नयाँ बस्ती, रामकृष्ण शिक्षा परिषद् (विज्ञान) अनि दार्जीलिङ सरकारी महाविद्यालयमा रसायनिक विज्ञानमा पहिलो वर्षसम्म अध्ययन गरेका  हुन्।

पारिवारीक समस्याहरूको कारण कुनै नामी एवं महङ्गो विद्यालयहरू पढ्ने अवसर नपाएतापनि सानैदेखि  मेधावी विद्यार्थी रहेका थिए।  सुरजले आफ्नो क्षमता अनि योग्यताको भऱमा लेप्टिनेन्ट पदसम्म पुगेको उल्लेख गर्दै भाईको खुशीमा सम्पूर्ण परिवार नै धेरै खुशी रहेको र गर्वित अनुभव गरिरहेको पनि उनले बताए। भविष्यमा अझै प्रगति गर्न सक्ने सुरजमा योग्यता रहेको उल्लेख गर्दै आफ्नो क्षमताको भऱंमा अझ उन्नति गर्नेछन् भन्ने आफूहरूलाई लागेको पनि योगेशले बताए।

बाबु स्व. सुखाराम लिम्बू अनि तिलारानी लिम्बूको कोखबाट  जन्मिएको सुरज लिम्बुले पनि आफ्नो सफलतामाथि खुशी व्यक्त गर्दै कठोर परिश्रम अनि मेहनतले गर्दा आफूले उक्त पद हासिल गरेको उल्लेख गर्दै आफ्नो परिवारका सदस्यहरूको हौसला अनि उत्साहको कारणले नै आफू यस ठाउँमा पुग्न सक्षम बनेको बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares