चियाबारीमा बनियो नयाँ कानून : बदली कर्मचारी नदिए ग्र्याच्युटी नदिने

सजन शर्मा, सुकेपोखरी, 10 जून


‘लोहिया कम्पनी अधिनस्थ रहेका दार्जीलिङ पहाड़का चियाकमानमा कार्यरत श्रमिकवर्गले अवकाशपछि बदलीमा कामगर्ने उम्मेद्वार नदिएको खण्डमा तिनीहरूको ग्राच्युटी रोकीदिने निर्देश जारी गरिएको घटनाले श्रमिकवर्गमा निराशा छाउनुको साथै अन्यौलता उत्पन्न भएको छ,’  नागरी फार्म चियाकमानका एकजना महिला श्रमिकका छोरा विजय थापाले सञ्चारमाध्यमसित कुराकानी गर्दै  भने ।

थापा अनुसार तिनको आमाको ग्र्याच्युटीको चेक कमानको कार्यालयमा आइसकेको छ,जुन माग्न जाँदा महाप्रबन्धक टीसी शर्माले बदलीमा काम गर्ने श्रमिक नदिएसम्म चेक हस्तान्तरण नगर्ने उल्लेख गरेको बताए । लामो बहसपछि पनि चेक नपाउँदा थापाले यसबारे गोजमुमो,गोरामुमो र टीएमसी तीनैवटा पार्टीको श्रमिक सङ्गठनलाई पत्राचार गरेको बताए ।

गोजमुमो केन्द्रिय सहसचिव ज्योतिकुमार राई समक्ष पनि सूचित गरेका छन्। ज्योतिकुमार राईले महाप्रबन्धकसँग कुराकानी गर्ने आश्वसन दिएका छन् । कम्पनीबाटै यस्तो अर्डर आएको बताउने प्रबन्धकले विजयलाई ननवर्करलाई घर खाली गराउनेसम्म निर्देश दिनसकिने बताएका थिए।

हालै अवकाशग्रहण गर्ने अन्य श्रमिकलाई पनि प्रबन्धकले सोही कुरा गरेका थिए । उल्लेखित स्थितिबाट प्रभावित श्रमिकले कहाँबाट न्याय पाउन सकिन्छ, यसबारे सोच्नुबाहेक अन्य विकल्प छैन ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares