पुरण छेत्रीका केही मुक्तक

साम्यवाद

डाँडाकाे पिपलकाे रूखमुनि
एकदिन साम्यवाद जन्मियाे।
मनमाेहक थाेते हाँस्दै हुर्कियो।

एकदिन गाउँदेखि शहरसम्मै हल्ला चल्याे,
३४ बर्षकाे पठ्ठाे साम्यवादले
अात्महत्या गऱ्यो, त्यही पिपलकाे रूमा झुन्डिएर।


साइनो

धकाउँदै-धकाउँदै सेताे साडीमा अाइन् दिदी
तिर्नै नसकिने गुण लाएर गइन्
‘रिफ्युजी’-काे चिट्ठा थमाएर भाइहरूको हातमा।


खेती

खेती सडकमा सरेकोदेखि
जीर्ण बनेकाे छ पाखाबारी
लह-लह रङ्गीविरङ्गी सप्रेका छन् खेती
सडकभरि झण्डा भएर।


बाघ

गाउँ पस्याे शिकार गर्न
रने थर-थर काप्याे
भान्सा काेठामै बाघ छिरेपछि।

बाघले चुल्हाकाे खरानीमा औंला घुसाऱ्यो

र हत्तारसाथ निकाल्यो

त्यसपछि
छाला थपक्क खाेल्याे
र पसिना पुछ्दै गनगन गर्‍यो-
‘झिल्काे अझ बाँकी छ’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया