जुनियर आइ-लीगको निम्ति एसएचएससीको तीनवटा शाखाले पायो मान्यता

गान्तोक, 10 जून।


सिक्किम हिमालयन स्पोर्टिङ क्लब (एसएचएससी) ले तीनवटा शाखामा अल इण्डिया फुटबल फेडेरेशनको एग्रिडिटेशन (मान्यता) प्राप्त गरेको छ। अण्डर 13, अण्डर 15 र अण्डर 18 शाखाको निम्ति स्पोर्टिङ क्लबले फुटबल एसोसिशनको मान्यता प्राप्त गरेको क्लबका संस्थापक अध्यक्ष तेञ्जिङ लाम्टाले जानकारी दिएका छऩ्। गार्ड्स ग्राउण्ड स्थित क्लबको मुख्यालयमा आयोजित एउटा पत्रकार भेलामा उनले यो जानकारी दिएका हुन्।

वर्ष 2012 मा स्थापना भएको हिमालयन स्पोर्टिङ क्लबले फुटबल फेडेरेशनबाट मान्यता प्राप्त गर्नुले क्लबलाई नयाँ उत्साह प्राप्त भएको पनि उनले जानकारी दिए। तीन दिन अघिमात्र क्लबले मान्यता प्राप्त गरेको इ-सूचना प्राप्त गरेको बताए। केही दिन अघि अल इण्डिया फुटबल फेडेरेशनका प्रतिनिधिहरू आएर क्लबको बारेमा विस्तृत लिएको र त्यसैको आधारमा मान्यता प्राप्त भएको बताए। क्लबको अधिनमा अण्डर 13 मा 28 अण्डर 15 25 अण्डर 18 25 जना रहेको छ।

यी मध्ये अण्डर 13 मा 18 जना, अण्डर 15 मा 15जना र अण्डर 25 मा 15 जना होस्टेलमा बस्ने गरेको बताए। जुनीयर आइ-लीग वर्ष 2018 मै हुने अनि उक्त लीगमा सिक्किमबाट मान्तया प्राप्त क्लबले सहभागिता जनाउन पाउनेछन् भने अहिले खेलको मिति तय नभएको पनि उनले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares