समितिमा फेरबदल

सजन शर्मा, सुकेपोखरी, १० जून


किराँत खम्बु (राई) सांस्कृतिक संस्थान सुके क्षेत्रिय समिति अन्तर्गत भीरगाँउ शाखाको तत्वाधानमा आयोजित वार्षिक सभामा कार्यकारिणी समितिमा फेरबदल गरियो। शाखा अध्यक्ष बीरबहादुर राईको अध्यक्षतामा सम्पन्न सभाको प्रमुख अतिथि सुकेपोखरी क्षेत्रीय अध्यक्ष जोन राईको क्षेत्रिय सह-सचिव सुरज राई,को-अर्डिनेटर प्रवेश राई आदि उपस्थित थिए।

२००९ देखि सञ्चालिन किराती खम्बु (राई) सांस्कृतिक संस्थानका सहसचिव दिनेश राईले वार्षिक प्रतिवेदन राखे। कार्यकारिणी समितिले आफ्नो कार्याभार सम्भाल्न नसक्ने शाखामा पत्राचार गरेको अवगत गराइयो। राईहरूको आफ्नै परम्परागत रीति रिवाज,भाषा,संस्कार र संस्कृतिको उत्थान गर्दै जनजातिको मुद्दालाई फत्ते गर्नु  चुनौती रहेको बताइयो।

नवगठित समिति अध्यक्ष विमल राई,उपाध्यक्ष डीबी राई,सचिव दिनेश राई,सहसचिव आनन्द राई,कोषाध्यक्ष-युवराज राई,सह कोषाध्यक्ष बीबी राई सल्लाहकारहरूमा महेन्द्र राई,पिके राई,रूचन राई,प्रकाश राई,धनदेव राई,खगेन राई तथा अन्यलाई चयन गरियो ।
भीरगाँउ कोशेली भवनमा बसेको उक्त सभामा शाखाका सदस्यहरूको बाक्लो उपस्थिति थियो। सभामा प्रमुख अतिथि राईले,खम्बु राई विकास बोर्डद्वारा निमार्ण हुने खिमसँगै कतिपय पालन गर्नुपर्ने नियम नीति र पहिरनको पनि जानकारी गराइयो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares