निःशुल्क स्वास्थ्य जाँच

सजन शर्मा, सुकेपोखरी, १० जून


ह्युमिनिटी इज स्टिल एलाइभ -को पूर्वनिरधारित कार्यक्रम अन्तर्गत एकसयवटा निःशुल्क स्वास्थ्य जाँच शिविर सुकेपोखरीबाट शुरू गरियो। संस्थाका अध्यक्ष निमा छरिङ भोटिया,सचिवा ऋषिका छेत्री सहसचिव रिशु प्रधान तथा अन्यको सक्रियतामा आयोजित यस कार्यक्रममा फूर्बा छिरिङ शेर्पा,महेन्द्र स्याङबो,जोनी खत्री लगायत सिङसा भोटिया किदुकका युवा जमातले विशेष सहयोग गरेका थिए।

सिलगढ़ीबाटआएका स्त्री रोग विशेषज्ञ अशोक घोष ,नियुटिया हस्पिटलका डा.साजिद हुसेन अनि मेडिकल टिमले स्वास्थ्य जाँच गर्दै उचित परामर्ष दिए ।आज जाचँ गराएका रपोटहरू चेनरेशी कम्प्युटर सेन्टर गड्डिलाइनमा जमा गराउने सुझाउ दिइएको छ। सप्ताहको प्रत्येक आइतवार दार्जीलिङ पहाड़का अन्य स्थानमा स्वास्थ्य शिविर आयोजना गरेर सयवटा पुऱ्याउने योजना रहेको रिशिका छेत्रीले बताइन् ।

११२ वटा ग्राम पञ्चायतभरि उचित स्वास्थ्य सेवाबाट वञ्चित रोगीहरूको समस्यालाई ध्यानमा राखेर सङ्गठनले यस प्रकारको अभियान चलाएको उल्लेख गर्दै छेत्रीले साधरण जाँचहरू निःशुल्क गरिने र ठूलो प्रकारको जाँचहरूमा बिरामी परिवारको अवस्था हेरेर ३० देखि ५० प्रतिशत छुटको व्यवस्था मिलाएको बताइन् ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares