सिक्किमभरि ‘हाम्रो सिक्किम पार्टी’-को झण्डा

गेजिङ ,१० जुन


आकाश धर्तीको अर्थ लुकेको हाम्रो सिक्किम पार्टीको दुइ रङ्गे झण्डा विधिवत कार्यक्रमहरूको साथ आज फरफराएको छ। पूर्व मन्त्री एवं वर्तमान हाम्रो सिक्किम पार्टीका उपाध्यक्ष आर बी सुब्बाको निवास स्थानमा पश्चिम सिक्किमका आम जनताको सहयोग र समर्थनमा सिक्किम वादी विभिन्न नाराको साथमा आजदेखि निरन्तर रूपमा पश्चिमका सबै हाम्रो पार्टीका समर्थकहरूको घर घरमा फरफराउने छ।

झण्डा लगाउने कार्यक्रम आगामी चुनावसम्म निरन्तर रूपमा रहने प्रण गरेको छ। पूर्व पञ्चायत सभापति लाक्पा नर्बु भोटियाको अध्यक्षतामा एक सभा बसी कार्यक्रमको विधिवत थालनी गरिएको हो।

पार्टी उपाध्यक्ष डिएस लिम्बू , प्रवक्ता एमएन दाहाल लगायत अन्य पार्टी समर्थकहरूको उपस्तिथिमा आज बसेको सभालाई आकाश र धर्तीको अर्थ बोकेको दुई रङ्गे झण्डाको अर्थबारे बुझाउँदै कुल प्रशाद शर्माले सम्बोधन राखे।

यस अतिरिक्त सभामा पश्चिम जिल्ला स्तरीय कार्यकारिणी समिति गठन गरिएको छ जसमा पश्चिम जिल्ला सभापति इन्द्रहाङ लिम्बू ,उपसभापति हेमलाल बस्नेत ,दिलिप राई साक्योङ, बिआर सुब्बा मालबाँसे, संयुक्त सचीव टिबि रावत, सहसचिव बिमल राई, युवा कन्भेनर सुरज राई, सन्चराज सुब्बा अनि मुकेश शर्मा रहेका छन्।

जिल्ला सभापति इन्द्रहाङ सुब्बाले हाम्रो सिक्किम पार्टी एसडिएफ पार्टीको जातिवादी राजनीति र भाइ भतिजावाद कार्यक्रमको मुलोछेद गर्न गठन भएको बताउँदै सिक्किमको राजनीतिमा परिवर्तन ल्याउनुपर्ने बताए।

एसडिएफ पार्टीले घोषणा कुनै पनि पूरा नगरेको आरोप लगाउँदै चाम्लिङले सिक्किमका युवाहरूलाई मिस्गाइड गर्दै झण्डे राजनीतिको शिक्षा दिएको बताए। पश्चिम सिक्किमका सोझा साझा जनतालाई बाख्रा, गाई,सुँगुर,बिपिएल र च्यादरको लोभ देखाउँदै खालीखुट्टेको संज्ञा दिएर राजनीतिक रोटी सेक्दै पच्चिस वर्ष शासन गरेर गरिबलाई झन गरिब बनाउने एसडिएफ सरकारको धुलो काड्ने बताए।

२०१४ को चुनावमा हात जोड्दै गरिबको घरमा पुगेको मन्त्री, विधायक अब पाँच बर्ष पूरा भएपछि फेरि जनतामा जाने एसडिएफको षड्यन्त्र चलिरहेको र जनतालाई होसियार बस्ने अनुरोध गरे। सिक्किममा डिक्टेटर सीप चलाएर पार्टीको पञ्चायत पार्टीको डिसि, पार्टीको एडिसी, पार्टीको बिडियो बनाएर गरिबलाई छुट्टाउँदै धनिलाई बिकास दिने गरेको आरोप पनि लगाएका छन्।

सभामा उपाध्यक्ष डिएस लिम्बूले आफ्नु सम्बोधनमा सिक्किमको सत्ता परिवर्तन गर्न हाम्रो सिक्किम पार्टीको उदय भएको बताए।  सभालाई डि.एस.सुब्बा ,एम.एन.दाहाल लगायत अन्यले पनि सम्बोधन गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया