विनय तामाङले लगाए विमलपन्थी नेताहरूलाई आरोप : भने- १.२५ करोड रुपियाँको हिनामिना लुकाउने कोशिश हुँदैछ

कालेबुङ, 11 जुन


एउटा राष्ट्रीय अङ्ग्रेजी दैनिकसित कुराकानी गर्दै जिटिए बिओए अध्यक्ष विनय तामाङले भनेका छन्,  ‘१.२५ करोड रुपियाँको हिनामिना लुकाउन विमलपन्थी नेताहरू तृणमूल काङ्ग्रेसमा लाग्ने तयारी गरिरहेका छन्।’

स्रोत नखुलाई तामाङले आफूले ती नेताहरू तृणमूल काङ्ग्रेसका नेताहरूसित निरन्तर सम्पर्कमा रहेको चाल पाएको बताएका छन्।  यद्धपि ती नेताहरू को को हुन्, नाम भने भनेका छैनन्। पहिला दिल्ली बस्ने र पछि दार्जीलिङमा सरेर बसेका एक नेताले विमलसित रहेका नेताहरूलाई तृणमूलमा छिराउने भूमिका निर्वाह गरिरहेको शङ्का व्यक्त गरेका छन्।

साँच्ची नै वमल पन्थी नेताहरू तृणमूलमा जाने तयारीमा छ? कि विनय तामाङ विमल पन्थी नेताहरू तृणमूलमा गइदेला र आफूहरूको निम्ति भोलिको दिनमा उनीहरूमार्फत असुरक्षा हुने सम्भावनालाई केन्द्रमा राखेर विनय तामाङले यसप्रकारकका कुरा गरेका हुन्? अहिले स्पष्ट छैन।

‘ती नेताहरू तृणमूलमा पसेर भ्रष्टाचारको दोषबाट बाँच्ने कुटनीति गरिरहेका छन्,’ पत्रिकालाई तामाङले भनेका छन्, ‘सिन्कोना बगालाई आएको १.२५ करोड रुपियाँ ती व्यक्तिले आफ्नो पत्नीको व्याङ्क अकाउन्टमा डिपोजिट गरेका थिए।’

उनको यो सन्देह कोप्रति लक्षित हो, त्यो खुलाईएको छैन। तामाङले केवल सन्देह मात्र व्यक्त गरेका छन्। उनले प्रमाण पेश गरेका छैनन्।  ‘म अध्यक्ष बनेपछि रातदिन लगाएर पार्टी बँचाइरहेको छु,’ उनले भनेका छन्, ‘मैले विमलसित बिद्रोह नगरेको भए मोर्चा पहाडबाट हराइसकेको हुनेथियो।’

आन्दोलनको बेला आफूले विमल गुरूङलाई हिंसा नगर्ने सुझाव दिएको तर विमल गुरूङले आफूलाई पत्तो नदिएको भन्दै तामाङले भनेका छन्, ‘मैले हिंसा ठीक होइन भन्दा विमल गुरूङले मलाई अबदेखि मलाई भेट्न आउँदा ‘चुरा र साडी लगाएर आउनू’ भनेका हुन्।’

बिजनबारी छेउको पावर प्लान्ट बाट ३०० केजी जिलोटिन स्टिक चोरी भएपछि नै उनले बिमल गुरुङलाई हिंसात्मक आन्दोलनबाट टाडो बस्ने सल्लाह दिएको दाबी पनि गरेका छन्।

‘विमल गुरूङसित बस्ने भाईहरू गाह्रोमा छन्, म उनीहरूको निम्ति चिन्तित छु,’ उनले भनेका छन्, ‘उनीहरूलाई हप्तामा दुईहजार रुपियाँ दिएर राखेका छन्। सुरक्षाको निम्ति घर फर्किन पनि दिएका छैनन्।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares