चिया बगान र सिन्कोना बगानमा निजो गृह निजो भूमि प्रकल्प लागू गराएरै छाड्ने मोर्चाको तयारी

कालेबुङ, 11 जुन


गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङले पार्टीका सबै सदस्यहरूलाई निजेर गृह निजेर भूमि प्रकल्पलाई बनबस्ती, पञ्चायत क्षेत्रमात्र नभएर सिन्कोना बगान र चियाबारीमा पनि लागू गराएरै छाड्ने निर्देश दिएको स्रोतले खुलाएको छ। स्रोतले भने अनुसार तामाङले प्रकल्पलाई लागू गराएरै छोड्नको निम्ति  विस्तृत अध्ययन गर्ने एउटा कमिटी बनाउने भएको छ। यही कमिटीले  प्रकल्प लागू गरेरै छाड्ने रणनीति तयार पार्ने छ।

यता शीघ्र नै पार्टी सदस्य शुल्क पार्टीलाई बुझाउने र नबुझाए स्वतस्फुर्त सदस्यता र पद खारेज हुने निर्देश पनि तामाङले सबै सदस्यलाई दिएका  छन्। स्रोतले बताएअनुसार मोर्चाको विशेष सदस्य (केन्द्रिय) शुल्क हजार रुपियाँ हो। जिल्ला र महकुमा सदस्य शुल्क पाँच सय हो। समष्टी सदस्य शुल्क चाँही तीन सय।

1 अप्रेलको दिन सौरेनीमा बैठकले गरेको निर्ण्यअनुसार सबैले शुल्क मई महिनासम्ममा बुझाइसक्नु पर्ने थियो तर अहिलेसम्म नबुझाइएकोले यस्तो निर्देश दिइएको स्रोतले खुलाएको छ।  ‘निर्णयमाथि खेलाइँची गरेर शुल्क नबुझाएकोले सबै सदस्यहरूलाई शुल्क बुझाउने जुनसम्मको अन्तिमेत्थम दिइएको छ,’ स्रोतले भनेको छ।

तामाङले सबै सदस्यहरूलाई हरेक समष्टीका केन्द्रिय, जिल्ला र समष्टी सदस्य नै विशिष्ट नेतृत्व रहेकोले कुनै पनि सभामा उनीहरूको सहभागितालाई अनिवार्य गराएका छन्। सभा र कार्यक्रममा उनीहरूको उपस्थिति अनिवार्य मात्र होइन कुनै पनि प्रस्ताव उनीहरूकै अनुमोदन चाहिने र उनीहरूको अनुमोदन बिनाको कुनै पनि प्रस्तावलाई केन्द्रिय कमिटी र जिटिएले अनुमोदन नगर्ने निर्देश पनि तामाङले दिएको स्रोतले खुलाएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares