बिजेपीले 11 जात गोष्ठीलाई जनजाति बनाएर देखाउन् : पवन चामलिङ

गान्तोक, 11 जून।


मुख्यमन्त्री पवन चामलिङले राष्ट्रिय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) माथिको मौनता तोड्‌दै एसडीएफ सरकारप्रति लगाइऩे निरन्तर आरोपको कडा प्रतिक्रिया दिएका छन्‌। मुख्यमन्त्रीको 32 दिने राज्यव्यापी जन सेवा तथा जन सम्पर्क अभियान अन्तर्गत अप्पर बुर्तुक निर्वाचन क्षेत्रका जनतासित सोझो कुराकारी गर्दै भने, ‘सिक्किममा जति विपक्षी पार्टी छ, सबैले जातकै कुरा गर्छ, हामीले जात छुट्यायौं भन्छ, बिजेपी छ, जहिले जातकै कुरा गर्छ अनि हामीले न्याय दिएन भन्छ। बिजेपीले सिक्किमेको सुरक्षा गर्छु भन्छ भने केन्द्रमा बीजेपीको सरकार छ, लु त सिक्किमका सबैलाई जनजाति बनाएर देखाउन्।’

चामलिङले बिजपीलाई छेत्री, बाहुन, नेवारलाई ओबीसी दिएर सुरक्षा गर्ने सुझाव पनि दिए।  ‘हामीले माग गरेका गरेकै छौं, दिल्लीमा उनीहरूकै सरकार छ, छुटेका 11 जात गोष्ठीलाई जनजाति बनाएर देखाउन्,’ चामलिङले भने। एसडीएफ सरकारमा सबै जात-जातिलाई सुरक्षा प्रदान गरिएको अनि सिक्किम सरकारले संविधानले भनेको धर्म निरपेक्षतालाई सम्मान गरेको पनि उनले बताए।

चामलिङले सिक्किममा एसडीएफ सरकारको 14 वर्षे कार्यकालमा हिन्दु, मुस्लिम, ख्रिस्तान र बुद्धिस्टको सुरक्षा भएको दाबी गरे। ‘हाम्रै सरकारमा चारधाम बनियो, बुद्धको मुर्ति बनियो, चेरेजीको मुर्ति बनिँदैछ, ठूला ठूला गुम्पा, मन्दिर र गिर्जा बनियो,’ उनले भने, ‘अहिले संस्कृत कलेज चलाउँदैछौं। हामी संविधानमा विश्वास गर्छौं। संविधानले भनेको धर्म निरपेक्ष राष्ट्रको घोषणालाई सम्मान गर्छौं। सिक्किममा सबै धर्मको सम्मान भएको छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares