भारतीय सेनामा भर्ना भएका 106 जवान प्रशिक्षणको निम्ति प्रस्थान

गान्तोक, 11 जून।


राज्य सैनिक बोर्ड सिक्किमको तत्परतामा आयोजित भर्ती ऱ्यालीबाट छनौट भएका 106 जना युवाले भारती सेनामा करियर बनाउने मौका पाएका छन्। आज मुख्य सचिव एके श्रीवास्तवको हातबाट खादा माला अर्पण गराएर प्रशिक्षणको निम्ति विदा गरिएको छ।

यहाँको पाल्जोर स्टेडियममा आयोजित विदाई समारोहमा आफ्नो कुरा राख्दै मुख्य सचिव श्रीवास्तवले सिक्किमबाट दिन प्रतिदिन भारतीय सेनामा जाने संख्या बढिरहेको राम्रो लक्षण रहेको बताए। उनले युवाहरूद्वारा राज्य बाहिर रहेको अवसरहरूलाई पनि चिनेर त्यसबाट लाभ उठाउन सकिरहेको कुराले देश र राज्य दुवैलाई जोड्ने र राष्ट्रिय अखण्डताको निम्ति सराहनीय कार्य बनेको बताए।

कार्यक्रममा भारतीय सेनाको एआरओ सिलगढीको निर्देशक कर्नेल ओम प्रकाश शर्माको पनि उपस्थिति रहेको थियो। उनले नयाँ भर्ती भएका जवानहरूलाई सम्बोधन गर्दै सेनामा रोजगार पाउनु सम्मानको विषय रहेको बताए। यसैगरि उनले आफ्नो करियरलाई उदाहरणीय बनाउने आह्वान नयाँ रङरूटहरूलाई गरे।

कार्यक्रममा राज्य सैनिक बोर्डका सचिव कर्नेल (अवकाशप्राप्त) डीएन भोटियाले स्वागत सम्बोधन राख्दै यो वर्ष दुइ टोलीमा जम्मा 215 जना जवानलाई भारतीय सेनामा पठाइएको बताए। जसमा पहिलो जत्थामा गत 7 जनवरीको दिन मुख्यमन्त्री पवन चामलिङले टीएनए ग्राउण्डबाट झण्डी हल्लाएर विदा गरिएको जानकारी दिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares