सातै समष्टीमा समर्थकहरूलाई विपक्षबारे सतर्क गराउन एसडीएफ युवाहरूले गरे कार ऱ्याली

 गान्तोक, 11 जून।


एसडीएफ, दक्षिण जिल्ला कार्य समिति अन्तर्गत युवा प्रकोष्ठले आयोजना गरेको दुई दिवसीय कार ऱ्याली आज सोमबार नाम्ची बजारमा आएर समापन भयो। एसडीएफ सिक्किम अजेय सिक्किमको नारा लिएर गरिएको उक्त ऱ्याली हिजो दक्षिण जिल्ला मुख्यालयबाट पार्टीका वरिष्ठ उपाध्यक्ष प्रभारी दक्षिण जिल्ला गिरिस चन्द्र राई र पार्टीका दक्षिण जिल्ला अध्यक्ष गणेश राईले झण्डा हल्लाएर सुरू गरिएको थियो।

दक्षिण जिल्लाका सबै सातवटा समष्टिको भ्रमण गरि पार्टीका सबै कार्यकर्ताहरूलाई थप उर्जा प्रदान गर्नु रहेको थियो। भ्रमणको क्रममा विभिन्न ठाउँ भेला भएर बसेका पार्टी कार्यकर्ता एंव एसडीएफ पार्टीका कर्मठ समर्थकहरूसँग बातचित गरिएको बताइएको छ।

‘गाउँ-गाउँमा थरि थरिका पार्टीहरू, थरि थरिका साइनो गाँस्दै आउँदैछन्। उनीहरूसँग हाम्रो मान्छेलाई जोगाउनु पर्छ। ती राजनीतिज्ञ होइनन्,’ युवा संयोजक एंव समाजिक सञ्जाल प्रभारी, दक्षिण जिल्ला, अभिनाश याक्खाले भने, ‘कसैको इशारामा सिक्किम र सिक्किमेलाई तहस नहस पार्न षडयन्त्र पूर्वक पसेका ठगहरू हुन्। सबैलाई सतर्क गराउन कार ऱ्याली गरिएको हो।’

ऱ्यालीमा दुई दिन गरी लग भग 400 गाडीले भाग लिएको थियो। कुनै पनि गाडीको भाडा अनि तेल पार्टीले नबेहोरिएको र सबैले स्वेच्छाले पार्टीलाई सहयोग गरेको याक्खाले बताए। ‘ठूलो मुटु बोक्ने कार्यकर्ता भएको पार्टीलाई दिल्लीको पैसा खाएर दिल्ली कै ईसारामा नाच्नेहरू र जरा बाहिर हुनेहरूले नजिस्काउँदा हुन्छ,’ उनले भने।

यस किसिमको कार ऱ्याली अब उसो प्रत्येक 15-15 दिनमा चलिरहने पनि उनले बताए। दक्षिण जिल्ला कार्यसमितिले गत महिना दुई हप्ता लामो बिचार मन्थन कार्यक्रम गरेर निकालिएको निचोड विषयहरूमा एक रहेको पनि संयोजक याक्खाले बताएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares