दार्जीलिङ र खरसाङलाई 3 वटा एम्बुलेन्स

दार्जीलिङ, 11 जून।


दार्जीलिङ जिल्ला र खरसाङ महकुमा अस्पतालमा आज मोठ 3 वटा एम्बुलेन्स थपियो। मातृ अनि शिशु स्वास्थ्य सेवा योजनाअन्तर्गत थपिएका यी एम्बुलेन्समा शिशुहरूको जन्म पनि गराउन सक्ने प्रावधान वा सुविधा रहेको छ। जसलाई आज जीटीए (गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-को मुख्यालय लालकोठी परिसरबाट जीटीए अध्यक्ष विनय तामाङले झण्डा देखाएर दार्जीलिङ जिल्ला अस्पताल र खरसाङ महकुमा अस्पतालमा प्रस्थान गराए। यस अवसरमा दार्जीलिङ जिल्लाका मुख्य स्वास्थ्य अधिकारी प्रलय आचार्य तथा अन्य अधिकारीवर्ग पनि उपस्थित थिए।

यसै कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए अध्यक्ष विनय तामाङले भने-दार्जीलिङ पहाड़मा स्वास्थ्य सुविधा ठीक थिएन, जसलाई विकसित तुल्याउन आवश्यक थियो। फलस्वरूप पहाड़का जिल्ला, महकुमा साथै खण्ड स्वास्थ्य केन्द्रहरूलाई विकास गर्ने प्रक्रिया चलिरहेको छ। यसै क्रममा आज दार्जीलिङ जिल्ला अस्पतालको लागि 2 वटा अनि खरसाङ महकुमा अस्पतालको लागि 1 वटा एम्बुलेन्स प्रदान गरिएको छ, जसले गर्भवती महिलाहरूलाई अस्पताल लैजान निःशुल्क सेवा प्रदान गर्नेछ।

यदि कुनै गर्भवती महिलालाई अस्पताल लाँदा लाँदै बाटैमा प्रसव पीड़ा बढे, उनलाई त्यसै एम्बुलेन्सभित्र शिशु जन्माउने सुविधा पनि उपलब्ध गराइने व्यवस्था छ। जसमा प्रशिक्षित धाई, टेक्निशियन आदि पनि उपस्थित रहनेछन्। उनले दार्जीलिङ पहाड़का गरीब जनतालाई वर्षको 365 दिन 24 घण्टानै स्वास्थ्य सुविधाको लागि सेवा प्रदान गर्ने योजना बनाइएको पनि जानकारी गराए। उनले कालेबुङ जिल्ला अस्पतालको लागि अघिबाटै यस्तै सुविधा भएका एम्बुलेन्स प्रदान गरिसकेज्ञर बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares