28 वटा समाजलाई 56 ग्यास चुल्हा  

सजन शर्मा, सुके-पोख्रेबुङ, ११ जून


एफटीपिसी नागरी (मगरजोङ)- ले आज चियाबारी भित्रको 28 वटा समाजलाई समाजमा  मूल्य एक लाख छब्बीस हजार रूपियाँको बराबरको  56 ग्यास चुल्हा वितरण गऱ्यो। वर्ष 2017 को वार्षिक योजना अन्तर्गत उक्त चुल्हा वितरण गरिएको हो।

यसै महिना एफटीपीसी नागरीले उपचारको निम्ति जितु गाउँकी दया प्रधान र दारी गाउँका जीवन प्रधान १५ -१५ हजार रूपियाँको  चेक प्रदान गरेको थियो । यसरी नै बर्ष 2018को विभिन्न बोर्ड परीक्षामा उतीर्ण ८ जना विद्यार्थीहरूलाई पाँच -पाँच हजार रूपियाँ प्रदान गर्ने योजना रहेको बताइएको छ।

कर्मचारीको छोराछोरीलाई मात्र यो योजना लागू गरिने बताइएको छ।  आवेदन पत्रको साथमा विद्यार्थीहरूले रिजल्ट र एडमिट कार्ड साथै अन्य आवश्यक दस्तावेज चियाबारीको कार्यालयमा बुझाउनुपर्ने बताइएको छ।

चुल्हा वितरण कार्यक्रम एफटिपीसी चेयरमेन एबी गुरूङको अध्यक्षतामा भएको थियो। प्रमुख अतिथिहरूमा एफटीपीसी अधिकारी कोलकाताका शैलेश भट्टचार्य, अडिटर  आईएमओ  बेङलोरका सिजु टिके साथै क्यानाडाबाट पनि अबजर्भर उपस्थित थिए।

28 वटा नै समाजका प्रतिनिधिको उपस्थितिमा सम्पन्न कार्यक्रम  बिर्जमणि तामङले सञ्चालन गरेका  थिए भने सहप्रबन्धक  नवीन लामा, सचिव महेश ओझा, एबी गुरूङ आदिले सम्बोधन गरे। समाजको पक्षबाट मनोज राई  एफटिपीसीलाई आभार प्रकट गरे।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया