बोर्ड गठनमा राजनीतिकरण नगरियोस्

सजन शर्मा,  सुकेपोखरी, ११ जून


खस भारतीय हितकारी सम्मेलन सुके राङभाङ आञ्चलिक समितिको सभा विमल शर्माको अध्यक्षतामा मदन स्याङ्बो ग्रामीण पुस्तकालयमा भयो। उपाध्यक्ष रामेश्वर शर्मा,सहसचिव एमबी रोका,केन्द्रिय सदस्य श्यामकुमार दहाल,लेखापरीक्षक प्रमोद शर्मा तथा सम्पूर्ण शाखाबाट आएका सभापति,सचिव अनि प्रतिनिधिको उपस्थितिमा सम्पन्न सभालाई सचिव विदेश शर्माले सञ्चालन गरेका थिए। सभामा खसहरूलाई राज्य सरकारले ओबीसीको दर्जा प्रदान गरेको जानकारी गराउँदै ओबीसी प्रमाण पत्रको निम्ति चाहिने कागज पत्रहरूको विवरण र बनाउने प्रक्रिया व्यापक चर्चा गरियो।

उल्लेखित दर्जा प्रदान गरेकोमा मुख्यमन्त्रीप्रति आभार प्रकट गर्दै वक्ताहरूले बोर्ड गठनलाई राजनीतिकरण नगरियोस् भनी बताए। पुग्नैपर्ने व्यक्तिसम्म बोर्डको सहुलियत पुग्नसकोस् भन्दै ओबिसी वा बोर्डबाट हुने कार्यप्रणालीमा सुके राङभाङ आञ्चलिक समिति तथा यस अन्तर्गतका सबै शाखाले हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया