राज्य शिक्षा मन्त्री पार्थ च्याटर्जीले दिए नियुक्तिबारे आश्वासन

सजन शर्मा, सुकेपोखरी, १२ जून।


पहाड़का शिक्षकहरूको विभिन्न समस्यामाथि चर्चा गर्न एसटीटीओ साथै शिक्षा सेलका प्रतिनिधि टोलीले राज्य शिक्षा मन्त्री पार्थ च्याटर्जीसित भेट वार्ता गऱ्यो। एसटीटीओ अध्यक्ष अमित गुरूङ अनि सचिव कविन्द्र शर्माको अगुवाइमा दार्जीलिङ पहाड़ी क्षेत्रबाट किशन प्रधान, तिलक ठकुरी, विदुर शर्मा, दीपेन तामाङ, अजीत राई, विनय तामाङ, सागर राई आदि सामेल रहेको किशन प्रधानले जानकारी दिएका छन्।

यसअवधि बिएड गर्न असमर्थ अनि ५० प्रतिशत अङ्कमुनिका शिक्षकहरूका समस्या, अघिबाट नै तय ११५ जना शिक्षकको नियुक्ति प्रक्रिया अनि जीटीए क्षेत्रका स्वयंसेवी शिक्षक नियुक्ति प्रक्रियालगायतका विषयमा उनीहरूले ज्ञापन बुझाए।

‘यसबारे गम्भीररूपले बुझेर गर्नुपर्ने पहलबारे च्याटर्जीले आश्वासन दिएका छन्,’ किशन प्रधानले भनेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares