‘श्रमिकहरूको न्यूनत्तम दैनिक रोजी 360 रूपियाँ हुनपर्ने, ठीक उल्टा छ’

दार्जीलिङ, 12 जून।


‘दार्जीलिङ पहाड़मा चिया उद्योग शुरू भएको समयदेखि अहिलेसम्म पनि चियाश्रमिकहरूको अवस्था जस्ताको त्यस्तै छ,’  सुमेटी मुक्ति मोर्चाका अध्यक्ष विकास राईले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले देशका श्रमिकहरूको न्यूनत्तम दैनिक रोजी 360 रूपियाँ हुनपर्ने बयान दिइरहेका छन्, तर दार्जीलिङ पहाड़ तथा तराई-डुवर्सका चियाश्रमिकहरूको दैनिक रोजी त्यसको ठीक उल्टा छ।’

सुनकोश मेची टिस्टाले घेरेका क्षेत्रलाई अलग राज्यको दर्जा दिनुपर्ने माग लिएर गत वर्ष मात्रै अघि आएको सुमेटी मुक्ति मोर्चाले आज चियाश्रमिकहरूको हितमा बोल्दै चियाश्रमिकहरूको पक्ष वा हितमा राज्य र केन्द्र सरकारले शीघ्र ठोस कदम चाल्नुपर्ने माग उठाएको छ।

‘जसको भरमानै चियाश्रमिकहरूले आफ्ना छोरा-छोरीलाई पढ़ाउनदेखि सामाजिक कार्यसँगै अन्य विविध कामहरू गर्नुपर्ने बाध्यता छ,’ राईले भने, ‘यसैले चियाश्रमिकहरूको हितमा राज्य र केन्द सरकारले गम्भीरतासित ध्यान दिनुपर्छ, ताकि वर्षौंदेखि समस्यै समस्या झेलेर जीवन यापन गर्ने चियाश्रमिकहरूको जीवनमा सकारात्मक परिवर्तन आउन सकोस्।’

अलग राज्यको माग गर्ने दार्जीलिङ पहाड़का जनता वा भूमिहीनहरूलाई राज्य सरकारले 5 डेसिमल जमीन दिने गरेको पहलमा षढ्यन्त्रमा गन्ध आइरहेको पनि राईले आरोप लगाए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares