क्यासिनो विरुद्ध लडिरहेका नोयलले क्यानोपी-को गोली खेलेपछि मच्चियो खैलाबैला

गान्तोक, 12 जून।


लगभग महिना दिनदेखि सिक्किममा चलिरहेको जुवा (क्यासिनो) गोल्डेन गेमिङको विरूद्धमा आवाज उठाउँदै आएका युवा नोयल शर्माले आज दिउँसो एमजी मार्गमा चलिरहेको क्यानोपी तोडफोड गरेपछि सदर पुलिसले हिरासतमा लिएको छ।

गत 7 जूनदेखि नै विश्व कप फुटबललाई लिएर खेलाइँदै गरेको क्यानोपीको विरोधमा हिजो सोमबार शर्माले गोल्डेन गेमिङको विरूद्धमा सदर थानामा आरोप दर्ता गरेर हटाउने माग गरेका थिए। तर आज पनि उक्त जुवा सञ्चालनमा रहेको हुँदा जुवा खेलाइरहेको अवस्थामै पुगेर क्यानोपीको बोर्ड र स्ट्याण्ड तर होडिङ्स तोडफोड गरेपछि पुलिसले हिरासतमा लिएको हो।

सामाजिक कार्यकर्ताको रूपमा आफूलाई जुवाको विरोधमा उतारेका शर्माले यस अघि पनि क्यासिनोको विरोधमा धर्ना प्रदर्शन गरेको आरोपमा पुलिसले पक्राउ गरेर छोडेको थियो। आज दिउँसो एमजी मार्गमा ठूलै खैलाबैला मच्चाउँदै नोयलले जुवाको निम्ति प्रयोग गरिरहेका सामानहरूको फुटबल खेले।

क्यानोपीको मार्फत स्थानीय र पर्यटकहरूलाई 1 हजार रूपियाँको कुपन दिएर गोल्डेन गेमिङ क्यासिनोमा खेल्ने मौका प्रदान गर्ने गरेको थियो। यसको स्थानीयहरूले निक्कै विरोध गरिरहेको भए पनि टेर पुच्छर नलगाएपछि नोयल शर्मा एक्सनमा उत्रिएका हुन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares