राजमार्ग र टिस्टा नदीमा रेस्क्यु-को लागि ट्रेनिङ

कालेबुङ, 12 जून।


सेभोकदेखि रम्फुसम्म कुनै पनि समय कुनै पनि किसिमका घटनाहरू भएको खण्डमा प्राथमिक उद्धार कार्य गर्न हिमालयन हाइवे डिजास्टर म्यानेजमेन्ट सोसाइटीको पहलमा आजदेखि रेस्क्यु ट्रेनिङ शुरू गरिएको छ।

आज पहिलो दिन कालिझोडा क्षेत्रका 6 जना युवाहरूलाई लिएर राफ्टिङ दुर्घटनाको समय उद्धार कार्य कसरी गरिनुपर्ने त्यसबारे प्रशिक्षण दिइएको थियो। प्रशिक्षण दिनको निम्ति शान्ति राई अनि रोशन सुन्दास प्रमुख रूपमा उपस्थित रहेका थिए।

प्रशिक्षणबारे हिमालयन हाइवे डिजास्टर म्यानेजमेन्ट सोसाइटीको कालिझोडा संयोजक राजकुमार राईले बताएअनुसार सोसाइटीले यस प्रकारको प्रशिक्षण आगामी दिनहरूमा पनि दिनेछ। विशेष राष्ट्रीय राजमार्गमा कुनै पनि आपतकालिन घटना भएको खण्डमा प्राथमिक उद्धारको कार्य गर्न नै यो पहल गरिएको उनले थप बताएका छन्। भोलि रम्बी क्षेत्रका युवाहरूलाई लिएर उक्त प्रशिक्षण सम्पन्न गरिने उनले थप बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares