जलढका पुलिस स्टेसनमा चाइल्ड फ्रेण्ड्ली कर्नर

जलढका, 13 जुन


बाल सुरक्षा अभियान ट्रस्ट कालेबुङले वर्ल्ड डे एगेन्स्ट चाइल्ड लेवर-लाई जलढका पुलिस थाना परिसरमा मनायो । यसै अवसरमा कालेबुङ जिल्ला एसपी जिल्ला धुर्व ज्योति दे-को बाहुलीबाट जलढका पुलिस स्टेसनमा  चाइल्ड फ्रेण्ड्ली कर्नर-को उद्घाटन भयो। एसडीपीओ एम रहमान गोरूबथान,  गोपाल चक्रवती सीआई गोरूबथान, निलम सन्जिव कुजुर एसआई जलढका अतिथि थिए।

अन्ना लेप्चा सुपरियर सेन्ट जोसेफ स्कुल परेङ, अन्जु ईभा लाकरा एडमिनिस्ट्रेटर सेन्ट जोसेफ क्लुनि कालेबुङ, बिदुर छेत्री गैरीबास इपिकेक बगान, र बी छेत्रीको पनि विशेष उपस्थिति थियो। सिस्टर अलिसा गुरूङ,  को- अर्डिनेटर, चाइल्ड लाइन सब सेन्टर कालेबुङले कार्यक्रम चलाएका थिए।

यसैबीच रिहाबिलिटेसन सेन्टर बीएसए कालेबुङका नानीहरूले स्टप टाइल्ड लेवर थिम लिएर खूबै राम्रो नाटक प्रस्तुत गरे। सिस्टर सुबेस्ना थापा डाईरेक्टर बीएसए,  बिकास प्रधान प्रिन्सिपल इन्भेष्टिगेटर एन्ड कन्सल्टेन्ट, मुख्य अतिथि धुर्व ज्येति दे, आर बी छेत्री आदि अतिथिहरूले आ-आफ्नो कुरा पनि राखे। गैरीबास र जलढका उच्चतर माध्यामिक पाठशालाका  शिक्षक अनि विद्यार्थीहरूले पनि भाग लिएका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares