इस्कूसमा रोग : आय सङ्कटमा

सन्जय निरौला, बिजनबारी, 13 जुन


बिजनबारी खण्डको आयको मुख्य मेरुदण्ड मानिने नगदे फसल इस्कूसमा रोग लागेकोले यस खेतीसँग आवद्ध कृषकहरु चिन्तित बनेका छन्। रोग निवारण कसरी गर्ने भन्नेबारे सुर्तामा परेका कृषकहरूको आय नै सङ्कटमा परेको छ।

‘शुरुमा पातमा सेतो दुबी जस्तो देखियो। यो देखिएपछि बोट कमजोरी हुँदैगयो,’ पृथ्वीराज सुब्बाले भने,  ‘त्यसपछि फलमा ह्रास आउन थाल्यो। मिठोपन पनि हरायो। आजभोलि सबैजसो इस्कूस बगानको समस्या यही छ। कुनै पनि विभागले सहयोग गरिरहेको छ।’

उनले फसलको शुरुआत कै महिनामा बोटको आवस्था यस्तो भएकोले आय नै सङ्कटमा परेको जनाए।  ‘पोहोर पनि आन्दोलनले इस्कूस बिग्रियो।  ठाउँको कर्जा पनि  पूरा गर्न पाइएन। हामी त डुब्छौं होला,’ सुब्बाले थपे,  ‘यसले इस्कूसको लोकप्रियतालाई घटाउँदै छ। यो समस्यालाई कसरी निर्मुल पार्न सकिन्छ, थाहा छैन। विभागले केही कदम चालिदेला कि भन्ने आशामा छौँ।’

बिजनबारी खण्डको तीनवटा समष्टि रेलिङ कैंजले, पुल बिजनबारी तथा रिम्बिक लोधोमा समष्टिको लगभग ८० प्रतिशत कृषकहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा इस्कूस खेतीमा भर पर्छन्।  प्रत्येक दिन लगभग ३० टन इस्कूस मधेसको बजारमा जाने गर्थ्यो।  यसपटक फाटफुट उत्पादन वाहेक भनेजस्तो इस्कूस बजार पुऱ्याउन कसैले पनि सकिरहेका छैनन्। केही बर्षदेखि देखिन थालेको रोग समयमा नै निर्मुल पार्न नसके अलैंचीको जस्तै इस्कूसको खेती पनि नष्ट हुनसक्ने र कृषकहरू आर्थिक सङ्कटमा पर्न सक्ने सम्भावना बढेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares