बनबस्तीका लडाईँमा जन आन्दोलन पार्टीको साथ : 2006 बनाधिकार ऐन पहाडमा किन लागू हुँदैन?-अमर लामा

कालेबुङ, 13 जून।


168 वटा बनबस्तीका मानिसहरूको मागप्रति आफूहरूको पूर्ण समर्थन रहेको अनि अबोप्रान्त कुनै पनि कार्यक्रम भए जन आन्दोलन पार्टीले पनि सक्रिय रूपमा सहभागिता जनाउने भएको छ। जन आन्दोलन पार्टीका केन्द्रिय व्यूरो सदस्य अमर लामाले आज कालेबुङमा उक्त कुरा बताएका छन्।

हिमालयन फरेष्ट भिलेजर्स अर्गनाइजेसनले पनि कानूनी रूपमा कुरा गरिरहेको बताउँदै 2006 सालमा बनिएको कानून अहिलेसम्म पहाडका तीनवटा महकुमामा राज्य सरकारले किन लागु गर्न सक्दैन भन्ने प्रश्न उनले गरेका छन्। यथाशीघ्र उक्त कानून लागु गरेर बनबस्तीका मानिसहरूले अधिकार पाउनुपर्ने उनले बताएका छन्। ग्याजेट नोटीफिकेसन नगरी अनि बनबस्तीलाई रेभेन्यू भिलेजमा परिवर्तन नगरी 11 जना बनबस्तीवासीहरूलाई विभागीय पक्षबाट पोजेसन सर्टिफिकेट दिइएकोमाथि पनि उनले प्रश्न उठाएका छन्।

श्रमिकहरूलाई उनीहरूको दखलमा रहेको जम्मै जमिन सरकारले उनीहरूको नाममा गरिदिनसक्ने प्रावधान रहेकाले कुरा राम्रोसित बुझेर मात्र चियाकमानका वासिन्दाहरूले गोजमुमोको ट्रेड युनियनद्वारा भर्न लगाएको फर्म भर्ने सुझाव अमर लामाले दिएका छन्। उक्त फर्ममा केवल 5 डेसिमल जमिन मात्र मागिएकोले भविष्यमा गएर असुविधा हुनसक्ने उनले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares