आन्दोलन अघिपछिका ‘संयोग’ जस्तै देखिने ‘षडयन्त्र’-हरू (भाग-1)

राजनीति

सुदर्शन राई


हामीले हेर्दा गत बर्ष भएको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन सरकारद्वारा बङ्गला भाषा ऐच्छिक गरिने कुरादेखि सल्किएको जस्तै देखिएता पनि वास्तविक रूपमा सल्काउने भुप्रोको कोइला ३ वटा छ –
प्रथम- गोरामुमोको दिवंगत नेता सुबास घिसिङद्वारा कलकत्ता उच्च न्यायालयमा असंवैधानिक जिटीएविरूद्ध दर्ता गरिएको मुद्दा (यसैकारण गोरामुमोलाई सरकारल काखी च्यापेको छ, मन घिसिङले यो कुरा बुझेर काम गर्नु पर्ने हो)।

दोस्रो,-७ सेप्टेम्बर २०१६ मा विभाग हस्तान्तरण नगरेको अनि जिटिए कानुनको उल्लङ्घन गर्दै हस्तक्षेप गरेकोमा बङ्गाल सरकार विरूद्ध मोर्चाले देशको सर्वोच्च न्यायलयमा दर्ता गरेको मुद्दा। (जसमा बिनय तामाङ नै छन् पिटिस्नर)

तेस्रो, (मुख्य)  देशको सर्वोच्च अदालतले जीटीएको वैधानिकता माथि उठाएको प्रश्न। (असंवैधानिक भए जिटिए खारेज हुने सम्भावना) ।
शान्त बसेको दार्जीलिङलाई जिटिएको मियाद सकिने बेलामा जानि-जानि सुनियोजित तरिकाले भाषाको आगो सल्काइदिइन् मुख्यमन्त्रीले। जसका कारणहरू माथिका तीन बुँदाहरू हुन। त्यसमा मुख्य तेस्रो बुँदा हो।

त्यसबेला भाषाको आगोमा घिउ लगाएर मुद्दालाई गोर्खाल्याण्डको मुद्दामा रूपान्तरण गर्ने जुन मोर्चाको अभ्यास थियो, त्यस अभ्यासले मोर्चाको सरकारसितको भित्री साँठगाँठ पर्दाफास गर्छ।
गोजमुमोले सरकारसित साँठगाँठ राखेर सरकारको इच्छा पुरा गर्नै पर्ने बाध्यताका दुइटा मुख्य कारणहरू छन् –
१• भ्रष्टाचार
२• मदन हत्याकाण्डको मुद्दा

२• मदन तामाङ हत्याकाण्डको केसमा बिमल गुरूङलाई सिबिआई कोर्टले आरोपमुक्त गरेपनि उक्त कोर्टको फैसला विरूद्ध कलकत्ता उच्च न्यायालयमा प्रेयर हालिएको छ अनि सिबिआईले पनि च्यालेञ्ज गरेर प्रेयर हालेको छ। जसको अर्थ भिक्टिमको पक्षमा सुनवाइ भए फेरि बिमल गुरूङ विरूद्ध चार्जसिट फ्रेम हुनेछ।
अझै देशको सर्वोच्च अदालतमा हालेको एसएलपी ( special leave petition ) अनि अन्तरिम एप्लिकेसन त छ नै।
अब interim application मा के आँउछ भने बङ्गाल सरकारको Intelligence Department ले मदन तामाङको हत्या हुनु अघि Phone intercept गरेको थियो। यस डिजिटल फाइल पनि चार्जसिटमा दर्ता हुनु पर्ने ।
अचम्म त्यो डिजिटल फाइल हराएको छ अनि जसकोमा त्यो छ उसैले मोर्चा नेताहरूलाई नचाउँदैछ।
यसैले मोर्चा सधैँ सरकारसित सम्झौता गर्न बाध्य हुन्छन्। यस्तै भयो र हुँदैछ यसपाली पनि।
अनि यस सम्झौताले मोर्चाको धरातल खुस्किने डरले त्यो ‘ड्यामेज कभर’ गर्ने अभ्यास हो मोर्चा दुइ फ्याक हुनु।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया