भेटियो सालामाण्डर

सजन शर्मा, सुकेपोखरी, १६ जून।


लुप्तप्राय हिमालयन सालामाण्डर सुके खण्डको विभिन्न क्षेत्रको सिमधापमा यस वर्ष पनि देखिएको छ। चामोङ चियाबारीको गोठ गाउँमा निर्माणाधीन बाटोको छेउमा सालामाण्डर भेटिएको वायोडाइभर्सिटी मेनेजमेण्टका चेयरपर्सन फुर्बाछिरिङ शेर्पाले बताएका हुन्।

‘तीनवटा जीवित सालामाण्डर भेटियो,’ उनले भने, ‘ सबैलाई सुरक्षित स्थानमा लगेर छोड़िएको छ। क्षेत्रमा अझ धेरैवटा सालामाण्डर हुनसक्ने अनुमान छ।’

जून जुलाई महिनामा सालामाण्डर प्रजननको निम्ति बाहिर निस्कने गरेको हुनसक्ने अनुमान शेर्पाले गरेका छन्।  ‘भारत नेपालको सिमावर्ती क्षेत्र सिमानामा पनि एउटा सालामाण्डर भेटिएको छ,’ हिल स्टुडेण्ट फोरम फर इन्भाइरमेण्ट कन्सर्नका अमरदीप छेत्रीले भने, ‘सुकेपोखरीस्थित जोरपोखरीमा देखिने सालामाण्डर हाल खुबै कम्ति छ। पोखरी सिमेण्टको भएको कारण सालामाण्डरलाई प्राकृतिक प्रक्रियाद्वारा प्रजनन गर्न गाह्रो हुने गरेको छ।’

स्मरण रहोस्, मूलरूपमा सालामाण्डर पाइने जोरपोखरीलाई स्मलेस्ट वाइल्डलाइफ सेन्चुरी भनिने गरिन्थ्यो। आईसीयूएनको रेड डाटा सेड्युल थ्री-मा पर्ने हिमालयन सालामाण्डरको संरक्षण गर्न सम्पूर्ण सचेत समूहसँगै सङ्घ संस्था अग्रसर हुनपर्ने अमरदीप छेत्री आह्वान गरेको छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares