मैला फ्याँक्नेलाई काँडेतार

सजन शर्मा, सुके पोख्रेबुङ, १६ जून।


पोख्रेबुङ क्षेत्रको सात दोबाटो परिसरमा जल स्रोतमाथि नै अव्यवस्थित फ्याँकिएको फोहोर मैला वन विभाग दार्जीलिङको घूम सिमाना रेञ्जद्वारा सफाइ गऱ्यो। उप्रान्त त्यहाँ मैला फ्याँक्न नदिन काँड़े तार जड़ान गरिएको छ।

डिएफओ दार्जीलिङ विकाश भी आईएफएसको विशेष पहलमा आयोजित सफाई अभियानमा  रेञ्ज अधिकारी सुरेश पाण्डे,बिट अफिसर शिखा छेत्री,एफपिसि अध्यक्ष सुवास बिष्ट,सदस्य नन्दराम छेत्री,केशर दाहाल आदिको विशेष उपस्थिति रहेको थियो।

पोख्रेबुङ संयुक्त कृषि एवं पर्यावरण संरक्षण समिति तथा यस समितिसित जोड़िएका पोख्रेबुङ बस्ती एकदेखि पाँच नम्बरसम्म,बजार, सेलेम्बोङ,चामोङ,टर्जम,साङमा टपलाइन,समरीपानी टपलाइन,भानुग्रामआदिका विभिन्न सङ्गठनका सदस्यहरूको बाक्लो उपस्थितिबिच सम्पन्न कार्यक्रमको पहिलो चरणमा डिएफओले क्षेत्रको निरीक्षण गरेका थिए।

‘जलस्रोत क्षेत्रमा लापरवाहीपूर्वक मैला फ्याँक्न प्रतिबन्ध लगाइएको सूचना टाँसिएको छ,’ डिएफओले भने, ‘अव्यवस्थित तरिकाले मैला फ्याँकिएकोले पिउने पानी पूर्णरूपले प्रदुषित बनेको छ। यसबारे सबैलाई सतर्क गराइएको छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया