सबीरको एकल वाचन

मिरिक, 17 जुन


गति-ले शुक्रता भवनमा कवि सबीर दिलपाली नुहाङलाई एकल कविता वाचनको लागि अभ्यायो। दिलपालीले दुई दर्जन भन्दा धेर कविता सुनाए। राजनैतिक, सामाजिक अन्तरविरोध उजागार गर्ने दिलपालीको उत्तममणि बम्जनले सङ्गीतमा साथ दिएका थिए।

गति संस्थाका संस्थापक अजित विश्व वियोगीले कवि र पाठकहरूसबीच सम्बन्ध जोड्न यस्तो खाले कार्यक्रम गरिएको बताए। ‘निकट दिनमा अरू कविहरूलाई पनि यसरी नै उभ्याउनेछौं,’ उनले भने, ‘शुरु गरिएको छ, अब निरन्तरता दिइनेछ।’

दिलपालीलाई सुन्न दार्जीलिङ, खरसाङ, सिलगढी, सुकुना, सुके, मिरिक लगायतका सर्जकहरू उपस्थिति थियो।  साहित्यकार एसपी राईले दिलपालीलाई आजको समयलाई प्रतिनिधित्व गरिरहेका कविबताए। ‘कविता जोकोहीले लेख्ने कुरा होइन,’ राईले भने, ‘सबीरले सक्छन्। विविध विषयलाई सरल भाषामा कविता भन्ने खुबी यिनमा छ।’

उनले दिलपालीको वाचन शैलीलाई पनि सकारे।  समाजसेवी अनि प्रकाशक दधिराम घिमिरेले गति-को पहललाई प्रशंसा गरे।

यसैबीच गति-ले समालोजक एसपी राई, समाजसेवी सुकबहादुर गजमेजर, समाजसेवी अनि प्रकाशक दधिराम घिमिरे अनि कवि महेन्द्र स्याङबोलाई सम्मान पनि गऱ्यो।

कवि विजय वान्तवा,कमला राई, उर्मिला घिसिङ, कथाकार राजबहादुर राईजस्ता मानेका लेखकहरूले समेत सहभागिता दिएका थिए।  गायक दिपेन गुरूङ अनि इस्तरा तामाङले गीत गाए। साहित्य सुनौं परिवारका अध्यक्ष कमला राईले कार्यक्रमलाई सम्बोधन पनि गरिन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares