खेलाडीहरूको लागि खुशीको खबर : बनियो क्लब कोर्डिनेशन कमिटी

सजन शर्मा, सुकेपोखरी, 18 जुन


खेलसित सम्बन्धित विभिन्न संस्थाहरूलाई एउटै गोलमेचमा ल्याउन  क्लब कोर्डिनेशन कमिटी बनिएको छ।  सभा  महेन्द्र सुब्बाको अध्यक्षतामा यसै कमिटीले होटल रोयल सरोवरमा बैठक गरेको छ।

सचिव सुरेन प्रधानले कमिटीमा सबै सङ्गठनहरूलाई निम्तो गरिने बताएका छन्। 30 जुनको दिन एउटा बैठक छ जहाँ नेत्र बिन्दु सङ्घ सालुगढा, दार्जीलिङ खरसाङ, मिरिक, कालेबुङका सङ्घसंस्था, गोर्खा हिल्स स्पोर्ट्स एसोसिएसन, विभिन्न फुटबल टूर्नामेन्ट आयोजक समितिलाई बोलाइने उनले बताए।

‘जुलाई महिनाको पहिलो सातामा दुइ दिवसीय फूटबल टूर्नामेन्ट आयोजना गरिनेछ,’ उनले भने,  ‘कमिटीको  संविधान तयार गरिने छ। यसको निम्ति सबै क्लबले आ- आफ्नो तर्फबाट खेस्रा तयार पार्नेछन्।’

सभामा दार्जीलिङ यूनाइटेड का प्रतिनिधि उपदेश राई,यूकेएफसीका सहसचिव चिराग तिवारी, शेयर फुटबल क्लब कालेबुङका उपाध्यक्ष रूपेन्द्र राई, आमुक्त परिवारका प्रतिनिधिहरु, कोअर्डिनेशन कमिटिका उपाध्यक्ष मकर ध्वज तामाङ, सहसचिव सहदेव छेत्री, सहकोषाध्यक्ष प्रदीप छेत्री, केएफसीका उपाध्यक्ष बिजय लिम्बु, रोयल सीसीसीका उपाध्यक्ष बाबू लामा  उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया