विनयको आदेशलाई टेरेनन् सतिसले  : भने- जनता बेहाल छ, विमल गुरुङ निस्किउन्

रेलिङ, 18 जुन


मोर्चा अध्यक्ष विनय तामाङले 17 जुनको दिन सहिदलाई श्रद्धाञ्जली दिने अनुमति आफ्ना कुनै कार्यकर्ताहरूलाई दिएका छैनन्। तर अध्यक्षको आदेश हिजो उपाध्यक्षले मानेनन्। कुरा रेलिङको हो। रेलिङका सहिद महेश गुरुङलाई श्रद्धाञ्जली चढाउन गोजमुमो केन्द्रिय उपाध्यक्ष सतिश पोख्रेल अनि समष्टि महासचिव मिलन छेत्री आइपुगे।

अप्पर रेलिङ गुरुङ गाउँमा धार्मिक कार्यक्रमबीच श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो, जहाँ आफ्नै पार्टीका अध्यक्षका आदेशलाई नकारेर उनीहरूले उपस्थिति दिएका थिए।

सहिद महेशका  पिता खड़कबहादुर गुरुङ, माता इन्द्र गुरुङको विशेष उपस्थितिमा  जातिय चिन्हारीको निम्ति बलिदान दिने बीर सपूतहरूलाई सम्झना गर्दै श्रद्धाञ्जली चढ़ाए।

‘यो कार्यक्रम गर्दा सहिदले आत्मशान्ति त पाउने होइन। जबसम्म छुट्टै राज्य हुँदैन सहिदको आत्मले शान्ति पाउँदैन,’  सहिद महेशका काका जीएम गुरुङले  भने, ‘सहिद  कसैको पैवा हुँदैन। न कुनै राजनैतिक दलका नै हुन्छ। उ त एउटा जातिय चिन्हारी निम्ति लड्ने बीर युद्ध हुन्। सहिदहरूलाई लिएर राजनीति नहोस्।’

यता सतिश पोखरेलले भने आन्दोलनकारी सहिद हुनु विमल गुरूङको खराब नेतृत्व कारक रहेको बताए। ‘भाजपा इमान्दार हुनु हो भने यस्तो स्थिति हुने थिएन,’ उनले भने, ‘विमल गुरूङ अब लुकेर बस्नु हुँदैन। लुकेर अडियो पठाउनुभन्दा पनि बेहाल जनतालाई बुझ्नु अनिवार्य छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares