सिलगढीमा गोर्खाहरूको हस्पिटल होस् भन्ने चाहानुहुन्छ?, शुरु भइसक्यो पहल

सजन शर्मा, सुकेपोखरी, 19 जून।


गोर्खा चेरिटेबल हस्पिटलको निम्ति पहिलो खुल्ला सभा भयो। महेन्द्र सुब्बाको अध्यक्षतामा सम्पन्न सभामा एसडी तामाङले अघिल्ला सभामा पारित प्रस्तावबारे बुझाए। प्रतिष्ठित समाजसेवी सुरेन प्रधानले  12 जुनको दिन गोर्खा चेरिटेबल हस्पिटल बनाउने प्रस्ताव लिएको खुलाए।

‘ 250 बेडको हस्पिटलको परिकल्पमा हो। तर कोषको अभाव छ। यसै 50 बेडबाट शुरु गरिने मतो भयो,’ प्रधानले भने, ‘हस्पिटल निर्माणको निम्ति न्यूनतम 3 बिगा जमिन चाहिएको छ।’

बैठकमा सिलगढ़ी अनि तराइसँगै कालेबुङ, तीनधारे, मिरिक लगायतका ठाउँहरूबाट प्रतिनिधि आएका थिए।  सबैले आआफ्ना सुझाव राखे।

‘हस्पिटल निर्माण प्रक्रिया अघि बढाउन 19 जना सदस्य रहेको तदर्थ समिति बनाइएको छ,’ प्रधानले भने। समितिका संयोजक  महेन्द्र सुब्बा र सुरेन प्रधान हुन्।

‘तदर्थ समितिले शीघ्र हस्पिटलको डीपीआर तयार गर्नेछ। हस्पिटल निर्माणको निम्ति सिलगड़ी कारपोरेशन क्षेत्र अतिरिक्त पञ्चायत क्षेत्रमा ठाउँ चयन गर्नेछ,’ उनले भने, ‘इच्छुक व्यक्ति कसैले जमिन दान गर्न चाहे ती व्यक्तिको नाममा होस्पिटलमा एउटा शाखाको नाम राखिनेछ।’

उनले डीपीआर  तयार भए पछि फेरि सभा आयोजना गरिने र अन्य महानुभव तथा विभिन्न सङ्घ संस्थालाई पनि निमन्त्रणा गरिने पनि बताए।

‘प्रोजेक्ट तयार भएपछि सबै सङ्घ संस्था, उद्योगपति एवं सहयोगीहरूलाई कोष निर्माणको निम्ति सहयोग माग्नेछौँ,’  सुरेन प्रधानले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares