बिजनबारी कलेजमा थपियो अनर्स

बिजनबारी, 19 जुन


बिजनबारी सरकारी महाविद्यालयमा दुइवटा बिषयमा सम्मान थपिएको छ। महाविद्यालय शुरूआत भएको लगभग बीस बर्षसम्म केवल कला बिषयमा जेनेरल मात्रै पढाइ हुँदै थियो। अघिल्लोवर्ष नेपाली र अङ्ग्रेजी बिषयमा सम्मान थपियो। यसपल्ट इतिहास र राजनैतिक शास्त्र थपिएको छ। कलेजमा पडाइ हुने पक्का पक्की भएको छ भने थप दुईवटा सामाजिक शास्त्र, एजुकेसन विषय जेनेरल पढाइ हुने भएको छ।

कलेज व्यवस्थापन समितिका प्रमुख सतिश गरिबी रेखा मुनिका नानीहरूलाई आफुबाट र कलेजबाट हुनसक्ने सहयोग गर्ने वचन दिए।

एकवर्षमा चारवटा अनर्स थपिएकोमा राज्यकी मुख्यमन्त्री ममता व्यानर्जी, शिक्षा मन्त्री पार्थ चाटर्जी,  विनय तामाङ, उत्तर बङ्गाल विश्वविद्यालयप्रति तृणमुल युवा एकाई सचिव रमेश कडारियाले आभार प्रकट पनि गरेका छन्।

अर्कोतिर लामागाउँ प्रथामिक विद्यालयमा भूतपूर्व विद्यार्थीहररू लेप्टेनेन सुरज लिम्बु,  गोरूबथान महाविद्यालयका प्रोफेसर ज्ञानेन्द्र सुब्बा अनि अलिपुरदुवारमा कार्यरत इन्जिनियर भवेन सुब्बालाई सम्मान जनाइएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया