महबूबा सरकार ढलेपछि जम्मू-कश्मीरमा राज्यपाल शासन लागु

दिल्ली, 20 जुन: जम्मू-कश्मीरमा महबूबा मुफ्ती सरकार ढलेपछि आज राष्ट्रपति रामनाथ कोविन्दले राज्यमा राष्ट्रपति शासनको मञ्जुरी दिएका छन्। भारतीय जनता पार्टीले मङ्गलबार राज्य सरकारबाट आफ्नो समर्थन फिर्ता लिएको थियो। त्यसपछि महबुहा मुफ्तीले राज्यपाल एनएन वोहरालाई आफ्नो राजीनामा-पत्र सुम्पिएकी थिइन्।
महबूबा मुफ्तीको राजीनामापछि उमर अब्दुल्लाले पनि राज्यपालसित भेट गरेका थिए। जम्मू-कश्मिरमा नयाँ सरकार बन्ने कुनै स्थिति नदेखिएपछि राज्यपालले राष्ट्रपतिलाई राज्यपाल शासन लगाउन सुझाएका थिए।
मङ्गलबार भाजपा अध्यक्ष अमीत शाहले जम्मू-कश्मीरमा बीजेपी नेताहरूसित बैठक गरेका थिए। त्यसपछि भाजपाले आफ्नो समर्थन फिर्ता लिने घोषणा गरेका थिए।
मङ्गलबार बीजेपी नेता राममाधवले पीडीपीबाट समर्थन फिर्ता लिने घोषणा गर्दै भनेका थिए, ‘बितेको केही दिनदेखि कश्मीरको स्थिति धेरै बिग्रिएर गएको छ। जसको कारणले गर्दा हामीले यो निर्णय लिइरहेका छौँ। उनले यस सम्बन्धमा प्रधानमन्त्री, अमीत शाह, राज्य नेतृत्व आदि सबैसित कुराकानी गरेको बताउँदै सरकार ढलेपछि भाजपाले जम्मू-कश्मीरमा राज्यपाल शासन लगाउन माग गरेका थिए।
‘हाम्रो एडेण्डा पुरा भयो’
मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि महबुबा मुफ्तीले जम्मू-कश्मीरमा डरको नीति नचल्ने बताएकी थिइन्। उनले दुईवटा दलले अलग अलग विचरधारा मान्ने गरेको भन्दै सत्ताको निम्ति नभएर आफूहरूले ठूलो भिजन लिएर भाजपासित गटबन्धन गरेको बताएकी थिइन्।
‘सरकारद्वारा हामीले कश्मीरमा आफ्नो एजेण्डा लागु गर्न सफल भयौँ। अब कश्मीरका मानिहरूसित कुराकानी गरिनपर्छ, पाकिस्तानसित पनि कुराकानी हुनपर्छ। हामीले पनि सँधै त्यही कोशिस गरिरह्यौँ’-महबुबाले भनेकी थिइन्।
राज्यपालले फोन गरेर महबुबालाई बताइन्
जम्मू-कश्मीरका राज्यपाल एनएल वोहराको एउटा फोन कलसितै राज्यकी मुख्यमन्त्रीको रूपमा रहेकी महबुबा मुफ्तीको कार्याकालको अचानक अन्त भएको छ। मङ्गलबार वोहराले नै महबुबा मुफ्तीलाई फोन गरेर बीजेपीले पीडीपीसित गठबन्धन तोडेको बताएका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares