विभिन्न मागलाई लिएर हाम्रो सिक्किम पार्टीले चढायो मुख्य सचिवलाई ज्ञापन

गान्तोक, 20 जून: हाम्रो सिक्किम पार्टीले मङ्गलबार मुख्य सचिव एके श्रीवास्तावलाई भेटेर जनताको नाममा पाँच बुँदे माग लिएर ज्ञापन चडाएको छ। हाम्रो सिक्किम पार्टीका उपाध्यक्ष तिर्थ शर्माले एक पत्रकार सम्मेलन आयोजन गरेर यसको जानकारी दिए। जसमा उनले ज्ञापनमा पाँचौ वेतन आयोग चाँडो भन्दा चाँडो कार्यान्वय गर्नुपर्ने तथा 2016 सालदेखिकै एरियर भुक्तान गर्नुपर्ने माग गरिएको बताए। यसैगरि एसएसए, स्पोर्ट्स, आर्ट्स, अस्थायी शिक्षक र कर्मचारीहरूको निम्ति 2012 सालमा राज्यको विधायक, मन्त्री र मुख्यमन्त्रीलाई जुन प्रकार वेतन वृद्धि गरिएको छ सोही अनुरूप उनीहरूको पनि वेतनमान वृद्धि हुनुपर्ने माग राखेको छ।

राज्यबाट भीआइपी संस्कृति अझै नहटेको बताउदै यसबाट जनताको ढिकुटी रित्याउने काम बन्द गर्नुपर्न र भीआइपीको नाममा हुने करौडौं रूपयाँको खर्च रोकेर आम जनतालाई अवसर प्रदान गर्नुपर्ने माग ज्ञापनमा उल्लेख गरिएको छ। शान्तिपूर्ण राज्यमा सुरक्षाको निम्ति लाखौं रूपियाँ खर्च गर्नु सही नरहेको पनि उल्लेख गरिएको छ। यसका साथै अवकाश प्राप्त अधिकारीहरूको सेवाकाल वृद्धि गर्ने प्रवृत्ति तुरन्तै बन्द गर्नुपर्ने  र उक्त कार्यबाट हुने खर्च रोक्ने तथा शिक्षित बेरोजगार युवाहरूको निम्ति यसबाट अवसर सिर्जना गर्नुपर्ने माग ज्ञापनमा राखिएको उपायक्ष शर्माले बताए।

भारत सरकारको सीएजीको आधारमा राज्यमा व्यापक भ्रष्ट्राचार भएको खुलासा भएको अनि त्यसमाथि कर्वाही गर्नको निम्ति केन्द्रीय जाँच ब्युरो (सीबीआई) लाई यो भ्रष्ट्राचारको पारदर्शी ढङ्गमा जाँच गराउनु पर्ने माग ज्ञापनमा उल्लेख गरिएको छ। यसैगरि समान कामको समान वेतन पनि कार्यावन्वयन गर्नु पर्ने जसमा विशेष गरेर राज्य सरकारको कमीको कारण राज्य सरकारमा कार्यरत अस्थायी कर्मचारीहरूलाई नै थोरै वेतन भुक्तान गरिने भएकोले त्यसैको सिको गरेर निजी कम्पनीहरूले पनि युवाहरूलाई ठगिरहेको हुनाले सर्वोच्च न्यायालयले जारी गरेको समान कामको समान वेतन आदेश झट्ट भन्दा झट्ट कार्यान्वयन गर्नुपर्ने माग राखेको पत्रकारहरूलाई अवगत गराए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया