८२ वर्षिय वृ्द्धाको भोटप्रतिको विचार

जो व्यक्ति असल छ अनि समाज अनि वार्डको हितार्थ कार्य गर्न सक्षम छ उसैलाई भोट हाल्नुपर्छ



१४मई कालेबुङ खबरदाता:  “कसैले पनि भोट त छोड्नु हुँदैन, लगाउनै पर्छ। जो व्यक्ति असल छ अनि समाज अनि वार्डको हितार्थ कार्य गर्न सक्षम छ उसैलाई भोट हाल्नुपर्छ”- कालेबुङ नगरपालिका चुनाउको गर्ल्स हाइस्कूलस्थित मतदान केन्द्रबाट मतदान गरेर निस्किएपछि ८२ वर्षिय वृद्धा मरियम साकुली यसो भन्छिन्।

छोरोको सहारामा आएकी उनी ठान्छिन् उनको एउटा भोटले असल उम्मेद्वारलाई वार्ड पार्षद बनाउन सहारा पुग्नेछ सोही कारण उनी मतदान केन्द्र पुगेकी हुन्। वार्ड पार्षद् अनि नगरपालिकाको आगामी बोर्डले जनसाधारणको विविध समस्या मध्ये पिउने पानी, शहरको सफाई, बत्ती आदिलाई प्रमुखता दिएर कार्य गरो, अनि समस्या समाधान गरोस् भन्ने चाहना पनि उनको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन