सिक्किममा भव्य रूपमा अन्तरराष्ट्रिय योग दिवस पालन : सिक्किमले अब योग पर्यटनको दिशामा पहल गर्नुपर्छः राज्यपाल पाटिल

गान्तोक, 21 जुन


अबउसो सिक्किमले योगलाई पर्यटनसित जोडेर योग पर्यटनको दिशामा प्रयास थाल्नुपर्ने राज्यपाल श्रीनिवास पाटिलले अन्तरराष्ट्रिय योग दिवसमा घोषणा गरे। राजधानी गान्तोकको पाल्जोर स्टेडियममा आयोजित अन्तराष्ट्रिय योग दिवसको अवसरमा आफ्नो सम्बोधन राख्दै राज्यपाल पाटिलले यस प्रकारको मन्तव्य व्यक्त गरेका हुन्।

‘सिक्किमवासीको जीवनमा योगको विस्तार सुनमा सुगन्धजस्तो भएको छ। सिक्किमको शान्ति र सुन्दर जलवायुको बीचमा अब योग पर्यटनको दिशामा पहल गर्नुपर्छ,’ उनले भने, ‘प्राचीन भारतका ऋषिहरूले कठोर साधनको बलमा अहिले विश्वलाई योगको जीवनलाई दिएको छ। यसैगरि सिक्किममा हाम्रो सरकारले पाठ्यक्रममा अनिवार्य विषयको रूपमा योगलाई आन्तरभुक्त गरेको छ। जुन योगबारे विद्यार्थीहरू सबैलाई जागरूक गराएको छ।’

सुन्दर सिक्किममा यो सरल र महत्वपूर्ण प्रयास भएको उनले बताए। यसैगरि सिक्किमको शितल सुन्दल जलवायुलाई ध्यानमा राखेर अब थप आकर्षणको रूपमा योगलाई पर्यटनसित जोड्नुपर्ने उनले बताए। पाल्जोर स्टेडिमयमा सिक्किम आयुष सोसाइटीद्वारा आयोजन गरिएको अन्तराष्ट्रिय योग दिवसमा स्वस्थ्य मन्त्री एके घतानी विशिष्ठ अतिथिको रूपमा उपस्थित थिए।

राजधानी वरिपरीका विभिन्न विद्यालयको ठूलो संख्यामा उपस्थिति रहेको थियो।  केन्द्र सरकारको विभिन्न सुरक्षा एजेन्सीमा तैनाथ एनडीआरएफ, आइटीबीपी, एसएसबीका जवानहरूले पनि उत्साहपूर्वक योग दिवसको कार्यक्रममा भाग लिएका थिए।  सिक्किम पुलिस, सिक्किम सशस्त्र पुलिस बल र आइआरबीका जवान एंव स्वस्थ्य तथा परिवार कल्याण विभागका चिकित्सक, योग शिक्षक र कर्मचारीहरूको उपस्थिति रहेको थियो।

बिहान 7.30 बजेदेखि एक घण्टा लामो योगमा विभिन्न मुद्राको योगासन सहभागीहरूले गरेको थिए। यसको निम्ति आयुष समितिका प्रशिक्षकहरूले योग कार्यक्रम सञ्चालन गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया