फेरि केएफसी शुरु

सुकेपोखरी, २१ जून।


कञ्चङजङ्घा फूटबल क्लब (केएफसी) सिलगढ़ीको होस्टेल जुलाई महिनादेखि शुरु हुने भएको छ।  केएफसीका कार्यकारी अध्यक्ष  सुरेन प्रधानले बैठक गरेर यस्तो निर्णय लिइएको जनाएका छन्।

होसटेल अफ् सिजनको कारण अहिलेसम्म बन्द थियो। प्रधानले केएफसीका मुख्य प्रशिक्षण दिनकर छेत्रीलाई बनाइएको जनाउँदै प्रधानले  बिजय लिम्बुलाई सदस्यता बढ़ाउने दायित्व सुम्पिएको बताए।

अध्यक्ष  सुरेन प्रधान र सल्लाहकार समितिका सदस्य  युवराज दाहाललाई होस्टेल परिचालनको जिम्मेवारी दिइएको छ। ‘अब नयाँ खेलाड़ीहरुलाई पनि चयन गरिने छ,’ प्रधानले भने, ‘क्लबका पूर्व प्रशिक्षक सचिन्द्र धिमालसँग  कुराकानी गरि आगमी सत्रमा  उम्मेदवार निमन्त्रणा गरिने छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares