गागा छिरिङ डुक्पा डिग्री कलेज शुरु

सजन शर्मा, सुकेपोखरी 21 जून।


सुकेपोखरी अन्तर्गत माझिधूरामा यस वर्षदेखि सञ्चालन हुन गइरहेको स्वतन्त्रता सेनानी गागा छिरिङ डुक्पा डिग्री कलेज सञ्चालन समितिले अध्यापन शुर गर्न  क्षेत्रका सम्पूर्ण सामाजिक सङ्घ संस्थाहरूलाई बैठकमा बोलायो।

समितिका फुर्बा छिरिङ शेर्पाले बौद्धिक जमातको लामो कसरतपछि क्षेत्रको शैक्षिक इतिहासमा नयाँ अध्याय थपिएको बताए।  जेनरल साथै अनर्स गर्न चाहने विद्यार्थीले आउँदो दुइ जुलाईसम्म फारम बुझाइसक्नुपर्ने बताएका छन्।

अङ्ग्रेजी, नेपाली, अर्थशास्त्र,राजनीति शास्त्र,इतिहास अनि सोसियलजीमा अध्ययन गर्न चाहाने विद्यार्थीलाई मेग्नोभेल एकाडेमी इङ्गलिस स्कूलमा सम्पर्क राख्ने अनुरोध गरिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares