‘सबैको घर बनिन्छ, हाम्रो किन बनिँदैन?’

सजन शर्मा, सुके-पोख्रेबुङ, 21 जुन


२०१६ को २१ अगस्त राती नौ बजी पैह्रोले पोख्रेबुङ ग्राम पञ्चायत दुइ वार्ड नम्बर १० समरीपानीका भीम लोहरुङको घर पुऱ्यो। दुइवर्षदेखि घर बनिने सपना देख्दा देख्दा लोहरुङ बिते। सरकारलाई लन्ठै साफ भयो।

तर यस्तै मार खपिरहेका भीम मुखिया अनि  दीलकुमार राई भने  अझ सरकारी निकायको पहल पर्खेर बसेका छन्। पैह्रोले पुरेर दिल कुमार राईकी पत्नी इन्दिरा राईको मृत्यु भएको थियो।

यता, भीम  मुखियाकी धर्म पत्नी रिना र छोरीलाई पनि पैह्रोले पुरेको थियो, तर उनीहरूलाई बचाउन सकियो।

भीम लोहरुङ कतै गएका थिए। फर्केर आउँदा न घर भेटे, न परिवार। उनको सर्वस्व गुम्यो।  सम्बन्धित निकायले क्षतिपूर्ति प्रतिपरिवार दुइ लाख रूपियाँ दियो तर घर दिएन।

‘हामीले घर बनाउन सरकारबाट कुनै सहयोग पाएनौं,’ रिना मुखिया भन्छिन,’ ‘गरिबलाई पैहरो पनि थिच्छ, सरकारले पनि। सबैको घर बनिन्छ, हाम्रो किन बनिँदैन?’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares