स्कट मिशन निम्न बुनियादी पाठशालामा हाजिरी जवाफ  प्रतियोगिता सम्पन्न

सोनादा, सञ्जीव मोहोरा, २२ जुन।


लगभग १२८ वर्ष पुरानो सोनादा बजारको मुटुमा रहेको एक सरकारी मान्यताप्राप्त एतिहासिक प्राथमिक पाठशाला स्कट मिशन निम्न बुनियादी पाठशालामा आज पाठशालाका सहशिक्षक शिक्षिकावर्गको सहयोगमा अन्तर गृह हाजिरी जवाफ  प्रतियोगिता सम्पन्न भयो। दोस्रो, तेस्रो र चौथो श्रेणीका जम्मा १२ जना  विद्यार्थीहरूले अंशग्रहण गरेको उक्त प्रतियोगितामा ६ वटा विभिन्न विषयहरू जस्तै लोकल हिस्ट्री, वर्ल्ड अफ हिस्ट्री, फ्याक्ट अफ इन्डिया, वर्ल्ड वाइड डेट्स एण्ड एब्रिभिएसन र वर्ल्ड अफ स्पोर्ट्सको विभिन्न ३०० वटा प्रश्नहरूको उत्तर सहभागी विद्यार्थीहरूले दिए।

रातो, पहेंलो, हरियो र निलो चारवटा गृहका विद्यार्थीहरूले प्रतियोगितामा अंशग्रहण गरेका थिए भने कार्यक्रमलाई पाठशालाका सहशिक्षिकाद्वय दिप्ती घिसिङ र दीपा शेर्पाले सञ्चालन गरेका थिए। प्रतियोगितामा पहेंलो गृहले 108 अङ्क हासिल गरेर विजेता बन्यो भने हरियो गृह ८६ अङ्कसहित दोस्रो अनि रातो गृह ६४ अङ्कसहित तेस्रो भयो। विजेता र उपविजेता दललाई पाठशालाकै सहशिक्षक एमबी प्रधानको बाहुलीबाट पारितोषिक वितरण गरियो।

विद्यार्थीलाई सधैँ श्रेणीमा एउटै किसिमले पढ़ाइरहँदा श्रेणीको वातावरणदेखि नानीहरूलाई दिक्का लाग्ने गर्छ। समय समयमा यस्तो प्रतियोगिताहरू राखेर उनीहरूलाई केही नयाँ कुरा श्रेणीबाहरबाट नै सिकाउने उद्देश्य राखेर कार्यक्रम आयोजन गरिएको पाठशालाका सहशिक्षक मेगेन्द्रमणि थापाले बताए। भविष्यमा पनि यस्ता ज्ञानवर्द्धक कार्यक्रमहरू आयोजना गरेर विद्यार्थीवर्गको सर्वाङ्गीण विकास गराउने पनि उनले बताए।

स्मरणरहोस्, १२८ वर्ष पुरानो यस पाठशालाले वर्षभरी नै यसप्रकारको कार्यक्रमहरू सञ्चालन गरेर वर्तमान सरकारी प्राथमिक पाठशालाहरूप्रतिको गलत धारणालाई चुनौति दिँदै आइरहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares