खरसाङमा स्कूलहरू छुट्टी भएर विद्यार्थीहरू घर गइरहेको कारण गाडीहरू कम हुँदा यात्रीहरू समस्यामा

खरसाङ, २४ जून।


पहाड़मा अहिले स्कूलहरूमा अर्द्धवार्षिक परीक्षा सकेर स्कूलहरू छुट्टी हुने क्रम जारी छ। स्कूलहरू छुट्टी भएपछि यहाँका विद्यार्थीहरू छुट्टी बिताउन घर जान थालेका छन्। छुट्टी बिताउन जाने विद्यार्थीहरूको घुइँचो लाग्न थालेको छ। यता स्कूलहरूको शहर मानिने खरसाङमा पनि अर्द्धवार्षिक परीक्षा सकेर स्कूलहरूबाट विद्यार्थीहरू घर जाने क्रम जारी छ।

यसरी दैनिक रूपमा स्कूलहरूबाट विद्यार्थीहरू जान थालेकोले अहिले घडी खरसाङमा गाडीहरू पाउनु मुश्किल भएको छ भने गाडी नपाएर खरसाङदेखि सिलगढीतर्फ जाने यात्रीहरू धेरै समस्यामा परेको देखिएको छ। शनिबार र आइतबार खरसाङ मोटर स्ट्याण्डमा स्कूल छुट्टी भएर घर जाने विद्यार्थीहरू र सिलगढीतर्फ जाने यात्रीहरू टिकट काट्नलाई भीडको साथ उभिएको देखिएको छ। कतिपय स्कूलका विद्यार्थीहरूले गाडी पाउनु दुई-तीन घण्टासम्म पर्खनु परेको पनि बताएका छन्। त्यसरी नै खरसाङबाट सिलगढीसम्म जाने यात्रीहरूले पनि गाडीको लागि लामो समयसम्म पर्खनु परेको बताए। छुट्टी बिताउन घर जाने बाहिरका विद्यार्थीहरूलगायत दैनिक यात्रा गर्ने यात्रीहरू पनि गाडीको समस्याको कारण धेरै समस्यामा परेको देखिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares