मोर्चाले गऱ्यो विद्यार्थीहरूलाई सम्मान

सजन शर्मा, सुकेपोखरी ,२५ जून।


गोर्खा जनमुक्ति मोर्चा सुके मानेभञ्ज्याङ समष्टिले यसवर्षको माध्यमिक, उच्चतर माध्यमिक, आईसीएसई तथा आईएसई परीक्षामा उत्कृष्ट अङ्क लिएर उतीर्ण सरकारी तथा नीजि तहका १३ वटा विद्यालयका विद्यार्थीहरूलाई सम्वर्द्धना जनाउँदै स्मृति चिन्ह प्रदान गऱ्यो।

समष्टि अध्यक्ष बुद्ध तामाङको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा केन्द्रिय उपाध्यक्ष सतिस पोखरेल,युवा मोर्चा केन्द्रिय अध्यध अमृत योञ्जन,नागरी धजे समष्टि प्रमुख अञ्जुल चौहान तथा अन्यको उपस्थिति थियो।

नारी मोर्चा समष्टि सचिव सविता लेप्चाको स्वागत भाषणपछि फूर्बाछिरिङ शेर्पाले सञ्चालन गरेको कार्यक्रममा सर्वोत्कृष्ट प्रतिशत ल्याएर उतीर्ण मेग्नोभेल एकाडेमीका किर्तन राई अनि अन्य विद्यालयका दुइ जनालाई नगद राशी पनि प्रदान गरिएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares