पार्टी र जिटिएको पारदर्शिता देखाउन मोर्चाले गर्ने निरन्तर जनसभा

खरसाङ, 26 जुन


गोर्खा जनमुक्ति मोर्चाले आगामी 8 जुलाईको दिनदेखि दार्जीलिङ, कालेबुङ खरसाङ आदि क्षेत्रहरूमा जनसभा आयोजना गर्ने निर्णय लिएको छ। गोर्खा जनमुक्ति मोर्चा, केन्द्रिय समिति सचिव अनित थापाले विज्ञप्ती जारी गर्दै भनेका छन् 8 जुलाई 2018 (आइतबार)-को दिन खरसाङ मोटर स्ट्याण्डमा गोर्खा जनमुक्ति मोर्चाले विशाल जनसभा आयोजना गर्ने बताएका छन्।

‘यसपछि दार्जीलिङ अनि कालेबुङमा पनि मिति निश्चित गरेर विराट जनसभाको आयोजना गर्नेछ,’ थापाले विज्ञप्तीमा भनेका छन्। उनले दार्जीलिङ पहाड़भरि जनसभाहरू आयोजना गर्नुको मुख्य उद्देश्यबारे बताउँदै भनेका छन्, ‘गोर्खा जनमुक्ति मोर्चा दार्जीलिङ पहाड़को विशाल जनसमर्थन प्राप्त एवं सत्तासीन राजनैतिक दल हो। आफ्नो समर्थकहरूलाई पार्टीले गरिरहेको विभिन्न क्रियाकलाप अनि जीटीएमार्फत भइरहेको विकास कार्यहरूबारे अवगत गराउन जनसभा गरिएको हो।’

उनले गोर्खा जनमुक्ति मोर्चालाई पूर्णरूपले जनताको हित अनि सुविधाको निम्ति निस्वार्थरूपमा कार्य गर्ने राजनैतिक दल बताउँदै जनताको विकास अनि निकासको
उद्देश्य लिएर गोजमुमोले अहिलेसम्म पूर्ण पारदर्शिताको साथ आफ्नो कार्य गर्दै आइरहेको पनि बताएका छन्।

‘गोजमुमोले गरेको हरेक क्रियाकलापहरू जनतालाई पूर्णरूपले थाह हुनुपर्छ भन्ने हाम्रो धारणा रहेको छ,’ उनले भनेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares