बङ्लादेशका उच्चायुक्तले भने- सिमा सुरक्षाबारे हुने वार्तामा राजनाथ सिंह बङ्गलादेश आउने छन्

दार्जीलिङ, 26 जून।


बङ्लादेशका उच्चायुक्त सैयद एम. अली तीनदिने भ्रमणमा दार्जीलिङ आएका छन्। यहाँ उनले अन्तराष्ट्रीय सम्बन्धबारे पत्रकारहरूसित बोले।  ‘भारत र बङ्लादेशका सीमा सुरक्षा बलमाझ वर्षेनीनै सीमा विषय लिएर द्विपक्षीय वार्ता भइरहन्छ, यसै क्रममा प्रत्येक 2-2 वर्षमा दुवै देशका केन्द्रिय गृहमन्त्री स्तरमा पनि वार्ता हुने गरेको छ,’ उनले भने, ‘यसैको लागि आगामी 15 जुलाईको दिन देशका केन्द्रिय गृहमन्त्री राजनाथ सिंह बङ्लादेशको राजधानी ढाकामा आयोजना हुने वार्तामा भाग लिन जानेछन्।’

उनले भारत, नेपाल र बङ्लादेश साथै भूटानमाझ यातायात सेवा साथै हवाई सेवाले जोड्नको लागि पनि ठोस काम भइरहेको बताए। ‘1965-मा भारत र बङ्लादेशमाझ जुन रेलवे सेवा थियो, त्यो भारत पाकिस्तान भएपछि विच्छिन्न भएको थियो, त्यो पुनः स्थापना हुने क्रममा छ,’ उनले भने, ‘जसमा 8 वटामध्ये 6 वटा रेल लाइन चालु भएको छ। कलकत्ता-ढाका मैत्री एक्सप्रेस चलिरहेको छ, बन्धन एक्सप्रेस पनि चल्दैछ। कलकत्ता, ढाका र अगरतलामाझ बस सेवा पनि चालु भएको छ। यसैबीच, बङ्लादेशले भारतको पूर्वोत्तरसित हवाई सेवा पनि शुरू गर्ने प्रयास गरिरहेको छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया