एउटा चराले रोक्यो सङ्गीत मेला

क्यानाडा, 27 जून।


कृति प्रेम र पंक्षी प्रेमको असाधरण उदाहरण पश्चिमी मुलुक क्यानेडाले स्थापना गरिदिएको छ। क्यानाडाको ओट्टवामा आगामी 5 जुलाईदेखि 15 जुलाईसम्म आयोजन हुन गइरहेको चर्चित वार्षिक सङ्गीत मेला ब्लुफेस्ट म्युजिक फेस्टिबल हुने ठाउँमा किलडियर नामक चरीले गुँड लगाएर चारवटा अण्डा पारि बच्चा काड्ने निधो गरेपछि मेला रोकिएको छ।

किलडिय़र चरीले सङ्गीत उत्सवको मुख्य मञ्च स्थापना गरिने ठाउँमै गुडँ लगाएर चारवटा अण्डा पारेको छ। मञ्च बनाउन लागेको कामदारहरूले चराले अण्डा पारेर गुँडको सुरक्षा गरिरहेको फेला पारे। घटनालाई संज्ञानमा लिँदै क्यानेडा सरकारले चराको सुरक्षा गर्ने घोषणा गऱ्यो।

सरकारी आदेश बिना चरालाई हटाउन नपाउने निर्देश जारी गरेर प्रकृति प्रेमको उच्च स्तरीय नमुना प्रस्तुत गरेको छ। किलडियर क्यानेडामा पाइने प्रवासी चरा हो। जसले जहिले पनि अचाहिँदो ठाउँमा आफ्नो गुँड लगाउने गर्दछ। कोहीबेला पार्किङ गर्ने ठाउँको बीचैमा गुँड लगाइदिन्छ।

यो चरालाई अण्डा पारेर बच्चा काड्न कुनै सुरक्षित ठाउँ चाहिँदैन।  मुलुकको कानुनले सन् 1900 शुरुआतदेखि नै यो चराको प्रजातिलाई विशेष संरक्षण गर्ने निधो गरेको हो। 1916 मा प्रवासी चराहरूको संरक्षणको निम्ति संयुक्त राष्ट्र र क्यानेडाले एउटा सन्धीमा हस्ताक्षर गरेको छ।

जसको फलस्वरूप संयुक्त राष्ट्रले प्रवासी चरा सन्धी ऐन 1918 जारी गरेको छ। क्यानेडाको पनि यसको आफ्नै संस्करण रहेको छ। किलडियरलाई यसको सुन्दर प्वाँखको निम्ति शिकार गरिने भएकोले यो चराको प्रजाति लगभग लोप हुन लागेको छ। अब साङ्गीतिक मेला आयोजक पक्षले चराको गुँड र अण्डा सुरक्षित ठाउँमा हटाएर कार्यक्रमको निम्ति अघि बढाउने माग गरिरेहको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares