दार्जीलिङमा एकजना पक्राउ

दार्जीलिङ खबरदाता, १४ मई। २०१७


रञ्जिता थामी रकभिल रोड निवासी अनिशा प्रधानको नाममा १० नम्बर वार्डअन्तर्गत पर्ने जुनियर बीटी कलेजको मतदान केन्द्रमा मतदान गर्न आएकी थिइन्‌।


अवैध मतदान गर्न आएको आरोपमा दार्जीलिङ पुलिसले गिङ चियाबगान निवासी रञ्जिता थामी (३०)-लाई पक्राउ गरेको दार्जीलिङका पुलिस अधीक्षकले जानकारी गराएका छन्‌। पुलिसले बताएअनुसार, रञ्जिता थामी रकभिल रोड निवासी अनिशा प्रधानको नाममा १० नम्बर वार्डअन्तर्गत पर्ने जुनियर बीटी कलेजको मतदान केन्द्रमा मतदान गर्न आएकी थिइन्‌। तर उनलाई मतदान गर्नअघिनै तृणमूल कंग्रेस र स्वतन्त्र पार्टीका पोलिङ एजेन्टहरुले चिन्हित गरेर पुलिसलाई जानकारी गराएका थिए। जसको विरोधमा केस शुरू भएको पुलिस अधीक्षकले जानकारी गराएका छन्‌।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन