डिमा हासवमा दुर्गा मल्ल

असम, 1 जुलाई


असमको डिमा हासवको उरोङसो न्यु तुम्बोङको गोर्खाली गाउँमा सहीद मेजर दुर्गा मल्लको जन्म दिवस पालन गरियो। विधिवत रूपमा मल्लको अर्धकदको सालिगमा स्थानीय गोर्खालीहरूले माला लगाएर सहीद मल्लको सम्झना गर्दै उनको योगदान र गोर्खाहरूको भारत प्रतिको देशभक्तिलाई एकपल्ट ताजा पारे।

1913 को 1 जुलाईको दिन उत्तराखण्डको देहरादुन नजिक डोहीवालामा जन्मिएका सहीद दुर्गा मल्लले देशको स्वाधिनता आन्दोलनमा आफूलाई न्यौछावर गरेको थिए। उनलाई 25 अगस्त 1944 सालमा केवल 31 वर्षको उमेरमा ब्रिटिशले फाँसीमा चडाएको थियो। भारतीय स्वाधिनता आन्दोलनका पहिलो गोर्खाली सहीद थिए दुर्गामल्ल।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन